Logo

दुर्घटनामा दुईजनाको मृत्यु,



Spread the love
मलेखु, धादिङ,  कात्तिक १० गते । जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
 
बा२ख ७१८२ नं को टिपरले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा८२प ७७९७ नं को मोटरसाइकललाई धुनीबेँसी नगरपालिका– ९ खानीखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
 
मृत्यु हुनेमा काठमाडाँै बबरमहल निवासी २२ वर्षीय रामेश्वर सिलवाल र त्रिपुरेश्वर निवासी २३ वर्षीय सलिन तुलाधर रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्