Logo

हामीलाई खुसी हुनबाट रोकिरहेका हाम्रा आफ्नै बानीहरू



Spread the love

हामी अक्सर सोचिरहेका हुन्छौं कि- पैसा या समृद्धि भयो भने बल्ल हामी खुसी हुन्छौं । त्यसैले हामी सधैं यिनीहरूको पछिपछि आफ्नो जिन्दगीको पाङ्ग्रा गुडाइरहन्छौं । तर, पैसा, समृद्धि या मनोरञ्जनको अभावले हामीलाई खुसी हुनबाट रोक्न सक्दैन । खुसी या बेखुसी हुने भन्ने बिल्कुल हामीभित्र निहित कुरा हो, न कि बाहिरी दुनियाँमा ।

हामीलाई हाम्रा आफ्नै केही बानीले गर्दा खुसी हुनबाट रोकिरहेका हुन्छन् । यी बानीहरू थाहा पाउनुभयो भयो भने तपाईलाई आफ्नो खुसी बृद्धि गर्न थप मद्दत पुग्नेछ । 

ब्राइटसाइडको सहयोगमा हामीले यस्ता ८ बानीहरूबारे, जसले हामीलाई खुसी हुनबाट रोकिरहेका छन्, यहाँ चर्चा गर्ने कोसिस गरेका छौं ।

पहिलो बानी

आफ्ना भावनाहरूलाई दबाउनु ।

हामीलाई अक्सर भनिन्छ कि- हाम्रा दुखी भावनाहरू अरुसमक्ष पोख्न हुँदैन । अरुको छेउमा रुन हुँदैन, हाँस्नु मात्र पर्छ । तर, मनोवैज्ञानिकका अनुसार यसले हामीभित्र बेखुसी जम्मा गरेर राख्छ । जसले गर्दा हामी कहिल्यै पूर्ण रुपले खुसी हुन सक्दैनौं ।

त्यसैले, आफ्ना मनका अनुभुतिहरूलाई पोख्नुस्, मनभित्र गुम्साएर नराख्नुस् ।

दोस्रो बानी

आफुलाई जबर्जस्ती गल्ती गर्नबाट रोक्नु ।

हामी अक्सर गल्ती गर्नुहुन्न भन्ने सोचमा हुन्छौं । जबकि मान्छेले आफ्नो गल्तीबाट नै सबैभन्दा ठुलो सिकाइ गर्छ । त्यसैले गल्ती गर्नबाट पछि नहट्नुस्, नडराउनुस् ।

तेस्रो बानी

सबै कुरामा केवल अरूलाई नै दोषी ठान्नु ।

‘यसमा मेरो केही दोष छैन, यो सब फलानोको कारणले भएको हो’

हरेक कमी-कमजोरीमा यसरी सोच्नाले हामीमा सधैं बेखुसी भरिरहन्छ । त्यसैले कहिलेकाही गल्ती स्वीकार्नुस्, कमी कमजोरी स्वीकार्नुस् । जस्तो कि, हरेक दिन ट्राफिक जामलाई दोष दिनुको साटो घरबाट सबेरै अफिसका लागि निस्किनुस् । यसले तपाईको अनावश्यक बेचैनी कम गर्न मद्दत गर्छ ।

चौथो बानी

अरूको इर्ष्या गर्नु ।

इर्ष्याले तपाईलाई अनाहकमा दुखी बनाउँछ । यदि खुसी हुन चाहनुहुन्छ भने आफुलाई अरुसँग तुलना गर्दै अरुको इर्ष्या गर्न बन्द गर्नुहोस् ।

पाँचौ बानी

‘अरुले मलाई नराम्रो सोच्छन्’ भनेर सोचिरहनु ।

हामी अक्सर अरुले मलाई नराम्रो सोच्छन् भनेर आफै-आफै दुखी भैरहेका हुन्छौं । बरु यसको साटो अरुको बारेमा सोच्ने नै हो भने, त्यसले मलाई राम्रो सोच्छ भनेर मान्नुहोस् । यसले तपाईलाई खुसी बनाइराख्छ ।

छैटौ बानी

अरुको सफलतासँग तुलना गर्नु ।

हामी सबैले प्रायः अरूको सफलतासँग आफ्नो तुलना गरिरहेका हुन्छौं । यसले सधैं हामीलाई दुखी बनाइराख्छ । प्रतिष्पर्धा अरुसँग होइन, आफैसँग गर्ने बानी पार्नुहोस् । यसले तपाईलाई खुसी पनि दिन्छ र सफलता पनि ।

सातौं बानी

अरुको कुरा सुनेर निर्णय गर्नु ।

हामी यदि कोही अरुको कुराको भरमा आफ्नो जिन्दगीको निर्णय गर्छौं भने अवश्य पनि हामीमा अनेक दुख आउने निश्चित छ । आफ्नो जिन्दगीको डुङ्गा आफै चलाउनुस्, अरलाई जिम्मा नदिनुस् । यसले तपाईलाई खुसी बनाउनेछ ।

आठौं बानी

वर्तमानको भन्दा बढी भुत र भविष्यको बारेमा सोच्नु ।

वर्तमानमा बाँच्न सिक्नुस् । यसले तपाईलाई सदा खुसी र प्रेरित गरिरहनेछ ।

के तपाईलाई माथिका कुरा उपयोगी लागे ? तपाईको मनमा यीभन्दा पनि फरक केही विचार भए कमेन्टबक्समा लेख्नुहोला ।

प्रतिक्रिया दिनुहोस्