Logo

माईक्रोलिंक डान्स देउखुरी डान्स “सम वन डेलिकेट”राउण्डको नतिजा सार्वजनिक



Spread the love

दाङ देउखुरीमा डान्सको उत्थान गर्दै लुकेर बसेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्य राखी राप्ती टेलिभिजन र माइक्रोलिंक मुभिज्ले भाद्र – १६ गते देखि संचालन गरेको टिभी लियालिटि डान्सिङ सो ‘डान्स देउखुरी डान्स’ अब अन्तिम तिर आएको छ lहिजो अर्थात् ९ गते भएको “सम वन डेलिकेट” राउण्डको नतिजा आज १० गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो l”सम वन डेलिकेट” राउण्ड मा जम्मा २८ जना कन्टेस्टेनहरु सहभागी भएका थिए l जस मध्ये जम्मा १७ जना कन्टेस्टेनहरु मात्र सेमिफाइनल राउण्डमा पुग्न सफल भएका छन् l

सेमीफाइनल राउण्डमा पुग्न सफल कन्टेस्टेनहरु:

१. सगुन चौधरी २. अस्मिता घर्ति ३. रेखा थापा ४. अनिशा खातुन ५. अन्जु परियार ६. समिक्षा रोका ७. करुणा बीएम ८. यामा क्रेउ ९. गोमा रिजाल १०. सुष्मा खत्री ११. सरदा थापा १२. निर्मला शर्मा १३. बिभुति डिसी १४. एलिना केसी १५. कुनाल विके १६. एनी गिरी १७. बिपना अधिकारी

जजहरुमा कोरियोग्राफर तथा मोडेल विजय पुन र कोरियोग्राफर दिपक परियार रहनु भएको थियो । कात्तिक महिनाको अन्तिम तिर ग्राण्डफिनाले गरेर विजेता घोषणा गर्ने कार्यक्रम रहेको माईक्रोलिंक डान्स देउखुरी डान्सका डाईरेक्टर भोजराज थापाले जानकारी दिनुभएको छ ।

विजेतालाई नगद सहीत म्यूजिक भिडियोमा खेल्ने अवसर र उपहारको ब्यवस्था गरिने आयोजकले जनाएको छ । डान्स देउखुरी डान्सको छायांकन सुरेश पन्थी र भोजराज थापाले गर्नु भएको थियो साथै निर्देशन दिपक पाण्डेले गर्नु भएको थियो lडान्स देउखुरी डान्समा राप्ती टेलीभिजनको प्रस्तुती रहेको छ ।अर्को राउण्ड कार्तिक १८ गते सेमिफाइनल राउण्ड हुने आयोजकले जानकारी गराएको छ l

 

प्रतिक्रिया दिनुहोस्