Logo

फिल्म ‘मेला’को रोमान्टिक गीत रिलिज



Spread the love

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मेला’ अहिले  सांगीतिक पक्षका कारण चर्चामा छ । फिल्मको लोक लयको गीत, पार्टी गीतले खुबै चर्चा पाइरहेका छन् ।अब, यसको निर्माणपक्षले अर्को एक प्रेमभाव बोकेको गीत पनि रिलिज गरेको छ, जसले झनै फिल्मको उचाई बढाउने देखिएको छ ।बसन्त निरौला निर्देशित फिल्ममा समावेश ‘यो मुटुमा अब तिम्रै’ बोलको गीतको भिडियो  रिलिज गरिएको हो । यो गीतमा अभिनेत्री अशिष्मा नकर्मी र अभिनेता आमेष भण्डारीलाई देखाइएको छ । फिल्ममा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर समावेश छ । हरि पन्तले यो फिल्मलाई निर्माण गरेका हुन् । यो गीतले पनि फिल्मप्रति अझै कौतुहलता बढाउनेमा दुई मत छैन । फिल्मले ३ साथीको मित्रता, जीवनमा आउने आरोह–अवरोह र विछोडको कथालाई उठान गरेको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/OvIm0WgUQmk

प्रतिक्रिया दिनुहोस्