Logo

दुर्घटना न्यूनीकरण गर्दै सल्यानमा ट्राफिक प्रहरी



Spread the love

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना मुलुक कार्यक्रम संचालनमा ल्याएको छ। सवारी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई रोकथाम गर्नका लागि सबैभन्दा सचेत सवारी चालक र सह-चालक हुनुपर्नेमा जोड दिदै कार्यालयले आफ्नो क्षेत्रमा संचालित सवारी साधनका चालक र सह-चालकलाई प्रशिक्षण दिन थालेको कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोपाल प्रसाद शर्माले जानकारी दिनु भयो।

कार्यालयले श्रीनगर बजार क्षेत्रलाई हर्न निषेध गरेपछि केही समयमै बजार क्षेत्रहरुमा जेब्राक्रसको व्यवस्था गर्नुको साथै विद्यालयहरुमा सचेतना सम्बन्धी कार्यक्रम संचालन गरिने समेत बताएको छ।
यता ट्राफिक चेक जाचलाई समेत कडाई गरिएको छ। गत वर्षको तुलनामा यो वर्ष चेक जाँचमा कडाई गरेका कारण दुर्घटनामा पनि कमी हुँदै गएको तथाङकले देखाएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासिकमा ११ वटा सवारी दुर्घटना भएकोमा आर्थिक बर्ष २०७४⁄७५को प्रथम त्रैमासिकमा २ वटा मात्र सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ।
ट्राफिक चेकजाँचका क्रममा नियम उल्लंघन गरेर चलाउने सवारी साधनबाट यस आर्थिक वर्षको प्रथम त्रैमासिकमा ११ लाख ७१ हजार ५ सय रुपैयाँ राजस्व कार्यालयमा संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस्