Logo

ह्वाइ एम आई एन एथिस्ट ?



Spread the love

एउटा नास्तिक जसले सर्वशक्तिमान परमात्माको अस्तित्वलाई नकार्छ । अदृश्य ईश्वरको अघि आफ्नो शिर झुकाउन बाध्य हुँदैन । तर किन नकार्छ कसैले प्रश्न गर्दैनन् । के तिनीहरु अभिमानी, पाखन्डी या निराशावादी हुन्छन् त ? कि नैतिकताहीन हुन्छन् ?

हैन ! उनीहरु त बस यथार्थवादी हुन्छन् जसले मात्र यथार्थमा विश्वास गर्छन नकि किताबको सेतो पानामा कालो मसीले कोरिएको अक्षरले बनेको शब्दहरुलाई विश्वास गर्छन जुन सयौँ बर्ष अघि लेखिएका थिए । किताबमा कालो मसीको अक्षरले कोरिएको शब्दहरुलाई नकार्दा पाखन्डी भन्ने आस्तिकहरु ईश्वरमा विश्वास राख्नाले पुनर्जन्ममा राजा बन्ने आशा राख्छन या त स्वर्गमा भोग बिलासको इच्छा राख्छन तर किन यहीं जन्ममा पुरा हुँदैनन् यी इच्छाहरु ?  मान्छेको जीवनको सुरुवात त जन्मेपछि हुन्छ नकि मृत्युपछि अनि मृत्युुपछि यी इच्छाहरु पुर्ती हुन्छ भनी ईश्वरलाई पुज्नु त स्वार्थी हुनु होईन र ? उसो भए के आस्तिकहरु स्वार्थी हुन्छन् त ? ईश्वरलाई पुज्नुको कारण स्वार्थ पुरा गर्नु नै हो त ? यो कस्तो आस्था ? यो कस्तो विश्वास ? अर्को शब्दमा भन्नु पर्दा यो कस्तो अन्धविश्वास हो ?

हाम्रा पुर्खाहरुलाई पक्कै कुनै सर्वशक्तिमानमा गहिरो आस्था थियो होला  किनकि जो कोहीले त्यो सर्वशक्तीमानीको अस्तित्वलाई चुनौती दिन खोज्यो उसलाई पाखन्डीको पगरी गुथियो । त्यस पाखन्डीको तर्कहरु यति बलियो नै किन नहोस कि त्यसलाई झुटो बनाउन असम्भव होस् र त्यो जो कोही किन नहोस त्यसलाई ईश्वरको प्रकोपको डर देखाएर पनि झुकाउन नसकियोस । यस संसारमा त्यस्ता व्यक्तिलाई अभिमानी भनी उसको कडाभन्दा कडा आलोचना गरिन्छ । हाम्रो पुर्खाहरु जो परमात्माको कुरा गर्नुहुन्छ उहाँहरुले धार्मिक स्थल बनाउनु भयो । ईश्वरको मुर्तिहरु बनाइयो तर जब एउटा तल्लो जातको व्यक्ति ईश्वरको पुजा गर्न त्यस स्थलमा पुग्यो उसको बाहिरी रुप हेरियो, जात हेरियो तर भित्र रहेको आस्था हेरिएन । बिडम्बना ! उहाँहरु नै परमात्माको कुरा गर्नुहुन्छ । त्यसैले त धर्म देखावटी लाग्छ ।

विश्वास त अन्धो हुन्छ । जब एकपटक कुनै व्यक्तिको चेतनामा विश्वास हाबी हुन जान्छ तब गर्भमा रहेको विचार तुहिन्छ ।

जब बच्चा जन्मिन्छ त्यति बेला उ कुनै अन्धविश्वासको डोरीले बाँधिएको हुँदैन तर किन उसलाई समाजले अन्धविश्वासको डोरीले बाँधिदिन्छ ? जटिल लाग्छ है प्रश्नको जवाफ दिन ? खासै गाह्रो भने छैन । समाजले त्यो बच्चालाई अन्धविश्वासको डोरीले बाँध्छ किनकि समाज चाहँदैन कि त्यो बच्चा अन्धविश्वासले कोरेको रेखा बाहिर गई जीवन जीउन सुरु गरोस्  जुन घेरा भित्र अहिलेसम्म त्यो समाज जीवित छ । यदि त्यो बच्चाले रेखा पार गरी जीवन जीउन सुरु गर्यो भने पुराना मान्यताहरु जुन अहिले चल्दै आइरहेको छ त्यसले सामना गर्नुपर्ने चुनौतीहरुको संभावना बढ्न गई बिस्तारै पतन हुँदै जान्छ । पुराना मान्यताहरुको पतन हुनु भनेको अन्धविश्वासको पतन हुनु हो र अन्धविश्वासको पतन हुनु मानव विकास हुनु हो त्यसैले यो पुरानो मान्यताहरुको पतन हुन आवश्यक छ । त्यसलाई स्याहार गरी सम्हालेर राख्नु र विश्वास गर्नुको कुनै औचित्य नै छैन ।

विश्वास त अन्धो हुन्छ । जब एकपटक कुनै व्यक्तिको चेतनामा विश्वास हाबी हुन जान्छ तब गर्भमा रहेको विचार तुहिन्छ । त्यसैले त एउटा धर्मको भगवान अरुको लागि राक्षस हुन्छ । म यसलाई विश्वासभन्दा पनि अन्धविश्वास भन्न रुचाउँछु जुन एकदमै घातक हुन्छ । यसले एउटा व्यक्तिको सोच्ने शक्तिलाई निष्कृय बनाइदिन्छ र त्यसलाई सुधार बिरोधी बनाइदिन्छ ।

जो कोही आफूलाई यथार्थवादी भएको दाबी गर्छ उसले पुरानो मान्यतालाई चुनौती दिन सक्नुपर्छ । यदि आस्थाले कठोर भन्दा कठोर तर्कको प्रहार सहन सक्दैन भने त्यस्तो आस्थामाथि शंकाको जन्म हुनेछ । शंकाको जन्म हुन आवश्यक पनि छ  किनकी विचारको पहिलो आधार भनेकै शंका हो । कहिले काहीँ “कहिल्यै शंका नगर्नु ” जस्ता अभिव्यक्तिहरु सुनिन्छन् । जसले शंका गर्दैन उस्ले कहिले विचार पनि गर्दैन न त कुनै खोज नै गर्ने सामर्थ्य राख्न सक्छ । यहीं धर्मले हामीलाई सिकाउछ विश्वास गर्न र त विचारहरु तुहिन्छन् । जब विचार तुहिन्छ मानव विकासको पथ बन्द हुन्छ । धर्मले विचार गर्न मात्र सिकाउँदैन उसको मान्यतामा अन्धविश्वासी भई विश्वास गर्न सिकाउँछ । किनकि त्यस विचारको कारण उसैको ईश्वरमाथि प्रश्न उठ्न सक्छ । जुन कुनै धर्मलाई मान्य छैन र हुने पनि छैन त्यसैले त धर्मको ठेकेदारहरुले धर्मको ब्यापार बढाउन अन्धविश्वासलाई जन्म दिन्छ । विश्वास गर्नु गलत भने होइन । विश्वास सबैले गर्छन तर कसलाई विश्वास गर्ने र कसलाई विश्वास नगर्ने यो चाहिँ अहिलेसम्मकै ठूलो प्रश्न उठेको छ । मैले यसको उत्तर दिन चाहेँ । विश्वास त्यसलाई गर्ने जसले गर्दा तपाईंलाई जीवन जीउन सरल होस नकि कठिन । आफ्नो तर्कमा विश्वास गर्नुस् किनकि तर्क नै जीवन सरल गराउने मार्ग हो ।

आखिर किन नास्तिकहरु धर्ममाथि विश्वास गर्दैनन् भन्ने प्रश्न पनि निकै उठ्ने गर्छ ।

नास्तिकहरु जो आफ्नो तर्कमा विश्वास राखी आफ्नो व्यवहारमा विजय हुन चाहन्छन । उनीहरु आफ्नो व्यवहारमा विजय हासिल गर्न कोसिस गर्छन । यो कोसिसमा सफलता प्राप्त पनि हुन सक्छ र नहुन पनि सक्छ त्यो उसले गरेको कोसिसमा भर पर्छ । यस्ता व्यक्तिको प्रकृति नै यस्तो हुन्छ कि उनीहरु तबसम्म निरन्तर रुपमा कोसिस जारी राख्छन् जबसम्म सफलता प्राप्त हुँदैन।

जीवनमा सफलता त केवल कोसिस गरेपछि मात्र त प्राप्त हुन्छ । त्यसै सफलता प्राप्त गर्न आफ्नो पाइला अघि चाल्न खोज्ने प्रत्येक व्यक्तिको लागि यो जरुरी छ कि उ पुराना मान्यताको सबै सिद्धान्तहरुमा दोष खोजोस । उसले एक-एक गरी पुरानो मान्यतालाई चुनौती दिनुपर्छ । उसलाई सबै बिषय-वस्तुको सूक्ष्म विश्लेषण गर्न आवस्यक छ र यदि यस क्रममा त्यस व्यक्तिले कठोर तर्कहरु पस्किंदै कुनै धारणामा पुग्छ भने  उसको तर्कहरुको अनुसरण गरिनुपर्दछ । उसले पस्किएको यस्ता तर्कहरुलाई सधैं अनुसरण भने गरिंदैन । कहिलेकाही यस्ता तर्कहरुलाई झुटो पनि सम्झिदो रहेछ । इतिहासको पानाहरु पल्टाएर हेर्ने हो भने यस्ता उदाहरणहरु धेरै पढ्न पाइन्छ जहाँ एक व्यक्तिले पुराना मान्यतालाई चुनौती दिंदै मानव कल्याणको लागि नयाँ नयाँ आविष्कारहरु गर्यो र अन्धविश्वासद्वारा उसलाई दण्ड सजाय दिइयो । आजको मानव सभ्यता तिनै आविष्कारमा आधारित भई विकास भएको हो । नयाँ विचारधाराको उपेक्षा चलि नै रहन्छ जबसम्म पुरानो मान्यताहरु पूर्णरुपमा पतन हुँदैन ।

आजभन्दा बर्षौँअघि जुन मान्यतामा समाज चलिरहेको थियो आजको त्यो मान्यताको पतन भइ मानव अघि बढी सक्यो । अझै पनि हाम्रो समाजमा पुराना मान्यताहरु प्रशस्त छन र आगामी दिनमा तिनीहरुको पतन हुने निश्चित छ ।

जब बच्चा जन्मिन्छ त्यति बेला उ कुनै अन्धविश्वासको डोरीले बाँधिएको हुँदैन तर किन उसलाई समाजले अन्धविश्वासको डोरीले बाँधिदिन्छ ?

आखिर किन नास्तिकहरु धर्ममाथि विश्वास गर्दैनन् भन्ने प्रश्न पनि निकै उठ्ने गर्छ । उत्तर सरल छ ।  धर्ममा होईन कर्ममा विश्वास गरौं । कर्ममै विश्वास गरी सफलता प्राप्त गरे आफू र आफूलाई सहयोग गर्ने व्यक्तिलाई धन्यवाद दिऔँ नकि त्यो अदृश्य ईश्वरलाई । कसैप्रति आस्था राख्नु, आफ्नो धर्मको पालना गर्नु नराम्रो भने होइन बरु कसै प्रती आस्था राख्नाले, धर्मको पालना गर्नाले मानिसलाई अनुशासित बनाउँछ र सभ्य बनाउँछ । तर यहीं  क्रममा जब कोही अन्धविश्वासको दलदलमा फस्छ उसलाई त्यो आस्थाले जंगली जनावरमा परिणत गरिदिन्छ ।

विश्वासबिना कसरी जीवन बिताउन सकिन्छ त ? ईश्वरलाई विश्वास नगरे कसलाई गर्ने ? यस्तो प्रश्नहरु उठ्नु स्वभाविक हो । विश्वासबिनाको संसार कल्पना गर्न पनि सकिंदैन । विश्वासले नै त जीवनलाई सरल बनाएको छ । विश्वासमै त यो संसार अडेको छ तर विश्वास कसलाई गर्ने ? यस्तो प्रश्नहरु पनि उठ्न जरुरी छ । विश्वास उसलाई गर जसले जीवनलाइ सरल बनाउँछ, कठिन होइन ।

जब मागेको बरदान ईश्वरले दिंदैन तब कुनै  व्यक्ति नास्तिक हुन्छ रे । यस्तो सुन्नमा धेरै पाइन्छ । केही पाइन्छ भनेर त धर्मले आशा देखाउँछ र विभिन्न धर्मको ठेकेदार आफ्नो धर्मको प्रचारको क्रममा फलानो धर्म अङ्गाल्नाले रोग निको हुनेदेखि धन प्राप्तिको लोभ देखाउँछन अनि ईश्वरलाई नकारे नर्कको डर देखाउँछन । जब यी इच्छाहरु ईश्वरद्वारा पुरा हुँदैनन्, तिनै लोभको जालमा फंसेका व्यक्तिहरु या नास्तिक हुन्छन् या अन्य धर्मको लोभमा फेरि फंस्छन । मैले ईश्वर सामु कहिल्यै कुनै इच्छा प्रकट गरिंन किनकि मलाई कहिले ईश्वरमा विश्वास भएन । जन्मेपछि मलाइ समाजले  बाँधेको अन्धविश्वासको जुन डोरी थियो अलि बुझ्ने भएपछि मात्र फुकाएको हुँ । अन्धविश्वासबाट टाढिएको मात्र हुँ तर विश्वास गर्न भने छोडेको छैन । तर, त्यो ईश्वरलाई होईन जसलाई अँगाल्दा पुरस्कारको व्यवस्था हुन्छ ।

नास्तिकहरु जो आफ्नो तर्कमा विश्वास राखी आफ्नो व्यवहारमा विजय हुन चाहन्छन ।

अन्धभक्तहरु कहिले ” ईश्वरको चाहना हो कसैको इक्षा पुरा हुन्छ त कसको हुदैन ” भनी तर्क गर्छन । ईश्वरको सामु त हामी सबै समान हुनुपर्ने होइन र ? फेरि किन कसैको इच्छा ईश्वरले पुरा गर्छन त कसैको गर्दैनन् ? के ईश्वरले पनि विभेद गर्छन । रोग निको हुन्छ भनी जब कोहि आफ्नो धर्म त्यागी अर्को धर्म अङाल्छ । जबको उसको रोग निको हुँदैन उसले त्यो धर्म त्याग्न पनि सक्छ । जब सामान्य ज्वरो एउटा चिकित्सकले निको गर्न सक्दैन अर्को पटक ज्वरो आए त्यो व्यक्ति अर्को चिकित्सक कहाँ जान्छ । यो मानवको प्रकृति नै हो । त्यो व्यक्तिले कहिले धर्म परिवर्तन गर्दैन । निश्वार्थ भावले आफूले विश्वास गर्ने ईश्वरमाथि आस्था राख्छ । धर्म त त्यसले परिवर्तन गर्छ जसलाई पुरस्कारको लोभ हुन्छ या पाउछ । धर्म र धर्मको ठेकेदार नै एउटा प्रमुख तत्व हुन जस्ले एउटा आस्तिककलाई नास्तिक बनाउँछ । मानवजातिको एउटा प्रमुख विशेषता हो उस्को जिज्ञासा र जिज्ञासाको कुनै सिमा हुदैन । तर धर्मले यसको सीमा तोकेको हुन्छ । त्यसैले त्यो सीमा पार गर्न एउटा मानिस नास्तिक बन्छ वा बन्न बाध्य हुन्छ । यो कुनै ठूलो कुरा होइन । यो त प्रकृतिको नियम नै हो । यस्मा प्रश्न चिन्ह खडा गर्नुको कुनै औचित्य छैन ।

नास्तिक र आस्तिकमा धेरैले फरक खोज्छन् ।  नास्तिक र आस्तिक दुबै मानव नै हुन । दुबैमा खासै भिन्नता भने छैन । दुबैले कसै न कसैलाई विश्वास गर्छन् । फरक यति मात्र होकि नास्तिकले वास्तविक पात्रलाई विश्वास गर्छ भने आस्तिकले काल्पनिक पात्रलाई विश्वास गर्छ । अर्को शब्दमा भन्नुपर्दा आस्तिक त्यो अदृश्य ईश्वरलाई पूजा गर्छ । ईश्वरलाई पुज्दा आशाको किरण आउँछ भने यसमा के गलत छ भनेर तर्क गर्नेको कमी देखिंदैन । तर कति यस्ता छन जसले आशाको दियो बाल्न ईश्वरलाई प्रार्थना गर्छन्  । मैले यस्ता धेरै व्यक्तिहरुलाई देखेको छु जसले ईश्वरको प्रकोपबाट बच्न प्रार्थना गर्छन् । ईश्वरको सामु त आस्थाले शिर झुक्नु पर्ने हो तर यहाँ त डरले झुक्छन् र पनि आफूलाई आस्तिक भन्न छाड्दैनन् ।

नास्तिक र आस्तिकमा धेरैले फरक खोज्छन् ।  नास्तिक र आस्तिक दुबै मानव नै हुन । दुबैमा खासै भिन्नता भने छैन । दुबैले कसै न कसैलाई विश्वास गर्छन् । फरक यति मात्र होकि नास्तिकले वास्तविक पात्रलाई विश्वास गर्छ भने आस्तिकले काल्पनिक पात्रलाई विश्वास गर्छ ।

ईश्वरको अस्तित्व कहाँ नकार्न सकिन्छ र ? यदि ईश्वरकै अस्तित्व रहेन भने हाम्रो अस्तित्वको रक्षा कसले गर्छ भन्ने जस्ता तर्कहरु पस्किने गरिन्छ । कुनैपनि धर्मको अस्तित्व तबसम्म छ जबसम्म हाम्रो अस्तित्व छ । ईश्वरको अस्तित्व हामीमा निर्भर छ तर हाम्रो अस्तित्व ईश्वरको अस्तित्वमा निर्भर छैन । जब कसैले “म नास्तिक हुँ” भन्छ उसलाई उसको जीवनको अन्तिम दिन नजिक आउँदा ईश्वरलाई सम्झनेछस् भन्दै नमिठो बचनले उसको सम्बोधन गरिन्छ । एउटा नास्तिकलाई ईश्वरसँग प्राणको भिख माग्नु पर्ने त्यो दिन कहिले आउने छैन । उ यसलाई उसको लागि अपमान सम्झन्छ । उ कहिल्यै प्राथना गर्ने छैन न त अरु कुनै व्यक्तिलाई प्रार्थना गर्ने सुझाब नै दिन्छ । किनकि मृत्यु निश्चित छ । जब मृत्यु आउँछ त्यसलाई ईश्वरले पनि रोक्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्