Logo

तस्बिरमा २०७६ सालको अन्तिम सुर्यास्त



Spread the love

३० चैत, काठमाडाैँ । आज रातीबाट २०७६ सालको अन्त्य भएको छ । यस वर्षका विभिन्न उतारचढाव मिश्रित अनुभुतिबाट तैँरिदैँ नयाँ वर्षको स्वागतका लागि हामी तयार भइसकेका छाैँ ।

अन्य वर्षमा हर्षोल्लासका साथ विभिन्न मनोरञ्जनात्मक कार्य गरेर मनाउँने नयाँ वर्षमा हामी यो वर्ष नयाँ अनुभूति पाउँनेछाैँ । पहिलेका वर्षको नयाँ दिनको सुरूवात भन्दा पृथक हुनेछ यसपालीको हाम्रो यो वर्षको पहिलो दिन ।

बितेका साल भेटघाटमा रमाउँदै नयाँ वर्ष मनाउने हामी यस नयाँ वर्षमा एउटा कोठा वा धेरैै भए एउटा घरमा खुम्चिनेछाैँ । हात मिलाउँदै तथा अंकमाल गर्दै दिइने शुभकामनाका लागि यसपाली प्रविधिको भरपुर प्रयोग गर्दै दिनेछाैँ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि देखिइ सकेको छ । यसको रोकथामका लागि सरकारको साथै नागरिकको दायित्व पनि उत्तिकै रहेको छ ।

यस वर्षको नयाँ वर्ष हाम्रा लागि नयाँ अनुभव बटुल्ने वर्ष हुनेछ । २०७७ सालले पक्कै कोरोनासँग लड्ने पर्याप्त शक्ति लिएर आएको छ । केही दिन धैर्य गराैँ । घरमै बसेर नयाँवर्ष मनाउँ ।

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका २०७६ सालको अन्तिम सुर्यास्तका तस्बिरहरु

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्