Logo

नेयमारको आमा छोरा भन्दा ६ बर्ष कान्छो व्यक्तिको प्रेममा



Spread the love

पेरिस सेन्ट जर्मेन (पीएसजी) का चर्चित ब्राजिलियन स्टार फरवार्ड नेयमारकी आमा छोरा भन्दा ६ बर्ष कान्छो व्यक्तिको प्रेममा परेकी छिन् । 


नेयमार २८ वर्षका भए । तर, नेयमारको आमा नादीन गोनकाल्भ्स भने छोरो भन्दा ६ वर्ष कान्छो उमेरका व्यक्तिको डेटिङ गरिरहेको तस्बिर सार्वजनिक भएको छ । ५२ वर्षीय नेयमारकी आमाले समाजिक संजाल इन्स्टाग्रामबाट आफु भन्दा ३० वर्ष कान्छा टियागो रामोससँगको प्रेम सम्बन्ध सार्वजनिक गरेकी हुन् ।


रामोससँगको एक फोटो पोस्ट गर्दै नेयमारको आमाले लेखेकी छिन्, ‘तिमिसँग रहदाको वर्णन अकल्पनीय छ ।

नेयमारको आमाले इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिर

‘नेयमारले पनि आफ्नो आमालाई खुसी रहनु भन्दै प्रतिक्रिया दिएका छन् ।’सधै खुसी रहनु मम, तपाईलाई माया,’ नेयमारले कमेन्ट गरेका छन् ।

ब्राजिलियन अनलाइन युओएलका अनुसार २२ वर्षे रामोस मोडल हुन् । उनीहरुबीच मोडलिङको क्रममा भेट भएको बताईएको छ ।

नेयमारका आमा र बुबा बिबाह गरेको २५ वर्षपछि सन् २०१६ देखि छुट्टाछुट्टै बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्