Logo

के प्रत्येक १५ मिनेटको फरकमा पानी पिइराख्दा कोरोना भाइरस नष्ट हुन्छ?



Spread the love

कोरोना भाइरस अहिले २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १९ लाख १९ हजार ९ सय ५संक्रमित भएका छन् भने ११ लाख ९ हजार ६सय ६६ भन्दा बढीको मुत्यु भईसकेको छ । अहिलेसम्म कोरोनाको कुनै उपचार विधि पत्ता लागेको छैन । यस्तो अवस्थामा मानिसहरुले विभिन्न प्रकारको स्वास्थ्य सम्बन्धि जानकारी दिने गरेका छन् ती मध्ये कति हानी रहित छन् त कति त खतरनाकसमेत छन् ।

लसुन
विश्व स्वास्थ्य संगठनका अनुसार लसुन स्वस्थकर हो र यसमा एन्टिब्याक्टेरियल तत्व त हुन्छ तर लसुन खाँदा नयाँ कोरोना भाइरसबाट बच्न सकिन्छ भनेर कुनै तथ्य फेला परेको छैन । यद्यपि, यस्ता स्वास्थ्य सल्लाहले थुपै्र अवस्थामा हानी त गर्दैन तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा नकारात्मक असर पु–याउँछ ।

मिनरल्स
विभिन्न प्लेटफर्ममा युट्युबर जोर्डन स्याथरले एमएमएस भनिने ‘मि–याकल मिनरल सप्लिमेन्ट’ ले कोरोनालाई नष्ट गर्न सक्छ भनेर दाबी गरिरहेका छन् । गत वर्ष अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले एमएमएस पिउँदा स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जानकारी दिएको थियो । अन्य देशका स्वास्थ्यकर्मीले पनि यसको हानीबारे जानकारी दिएका थिए ।


-घरमा बनाइएका स्यानिटाइजरः
कोरोना भाइरसको संक्रमण रोक्न सकेसम्म धेरैभन्दा धेरै हात धुन र हात धुन नसक्ने अवस्थामा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्न सुझाएपछि एकाएक ह्यान्ड स्यानिटाइजरको हाहाकार हुन थाल्यो । तसर्थ, सोसल मिडियामा थुप्रैले ह्यान्ड स्यानिटाइजर घरमै बनाउन विभिन्न विधि सिकाए । तर सोसल मिडियामा सिकाइएका यस्ता विधि हाम्रो छालाका लागि उपयुक्त नभई सतहको सरसफाई गर्दा चाहिँ प्रयोग गर्दा राम्रो हुने बताइएको छ ।

-प्रत्येक १५ मिनेटको फरकमा पानी पिइराख्नेः
जापानी डाक्टरलाई उद्धृत गर्दै लेखिएको एउटा वाक्य निकै सेयर गरिएको छ जसमा भनिएको छ, ‘मुखभित्र पसेका कुनै पनि भाइरसलाई बाहिर निकाल्नका लागि प्रत्येक १५ मिनेटको फरकमा पानी पिउनुपर्छ ।’ युनिभर्सिटी अफ अक्सफोर्डका प्राध्यापक ट्रुडी लाङ्गले मुखभित्र भएको भाइरसलाई पेटसम्म पुर्याएर मार्न सक्ने त्यस्तो कुनै जैविक संयन्त्र नभएको बताएका छन् । यद्यपि, लगातार पानी पिउनु राम्रो स्वास्थ्यका लागि अत्यावश्यक छ ।


-तातो भएर बस्नु र आइक्रिस नखानुः
तातोले भाइरस मार्छ भनेर धेरैले भन्ने गरेका छन् । कतिले यसका लागि तातो पानी पिउन, तातो पानीले नुहाउन र हेयर ड्रायरको प्रयोग गर्न भनिरहेका छन् । हामीलाई थाहा छ कि फ्लूको भाइरस गर्मीयाममा शरीर बाहिर राम्रोसँग बाँच्न सक्दैन तर तातोले नयाँ कोरोना भाइरसलाई कसरी प्रभाव पार्छ भनेर हामीलाई अझैसम्म थाहा हुन सकेको छैन । जब भाइरस तपाईंको शरीर भित्र प्रवेश गर्छ तब न त तातो पानी, न घामले यसलाई नष्ट गर्न सक्ने प्राध्यापक ब्लूमफिल्डले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्