Logo

साबधान ! कोरोना भाइरस यी खराब आचरणबाट पनि सर्नसक्छ



Spread the love

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणबाट बच्न हेल्थ एक्सपर्टहरु स्वच्छतामा विशेष ध्यान दिन सल्लाह दिन्छन् । न्यूयोर्क यूनिर्भसिटीको लैंगोन मेडिकल सेन्टरकी एलर्जी तथा इन्फेक्शियस स्पेशलिस्ट पूर्वी पारिखले कोरोना संक्रमणको जोखिम कम गर्न केहि खराब आचरणमा सुधार ल्याउनु पर्ने बताएकी छन् ।
-बिना कारण आफ्नो अनुहार, नाक, मुख वा आखाँ छोइरहने स्वभाव भएका मानिसले यो आचरण त्याग्नु पर्दछ ।
-मुखमा हात लगाइरहने बानी पनि कोरोना सर्ने कारण बन्न सक्छ । मुखमा हात लगाउनुअघि साबुनपानीले मज्जाले धुनुहोस् ।
-जथाभावी जिउ कन्याउने, छुने वा कपाल चलाइरहने र मुख तर्फ लानेमा पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम रहन्छ ।
-नङ चपाउने बानी छ भने तत्काल त्यस आचरणलाई त्याग्नु पर्छ । अन्यथा नङमा रहने कोरोनाका भाइरस सहजै मानिसको शरीरमा प्रवेश गर्न सक्छ ।
-चुइगम चपाउने बानी भएका कतिपय मानिसमा बीचमा केहि खानु परे चपाउदै गरेको चुइगम कागज वा केहिमा बाहिर निकालेर राख्ने बानि हुन्छ । यसमा पनि कोरोनाको जोखिम उच्च रहन्छ ।

प्रतिक्रिया दिनुहोस्