Logo

लकडाउनको समयमा घरमै यसरी वजन घटाउन सकिन्छ !



Spread the love

कामको ब्यस्तता तथा अनेकौं उल्झनले गर्दा तपाईले आफ्नो बढेको पेट घटाउने चाहना पुरा गर्न सक्नु भएको थिएन होला। अझै बाहिरको खानपानले आफूलाई फिट राख्न नसक्नेका लागि यो लकडाउन अवसर बन्न सक्छ । लकडाउनको बेला घरभित्र रहदाँ बढेको पेट घटाउने सबैभन्दा उत्तम उपाय हो ।लकडाउनका दौरानमा शरीरमा भएको मोटोपना वा बोसो कम गर्न एक्सरसाइजका साथसाथै केहि डाइटहरुमा पनि ध्यान दिनुपर्दछ । यस अलावा आफ्नो जीवनशैलीमा समेत परिवर्तन गर्नुपर्दछ ।
१ भुलेर पनि तारेको खाना खानुहुदैन ।
२ मोटोपना कम गर्ने सोच भएकाहरुले जंक फूडबाट टाडा रहनुपर्दछ ।
३ खाना खाएपछि आधा घण्टा सिढि तलमाथि गर्नुपर्दछ ।
४ भोक लाग्दा नखाई बस्नु भन्दा पटक पटक बरु कम खानु पर्दछ ।
५ अत्यधिक टिभि हेर्ने, मोवाइल चलाउने बानिलाई छाड्नु पर्छ ।

लकडाउनको बेला घरभित्र रहदाँ बढेको पेट घटाउने सबैभन्दा उत्तम उपाय हो । यस मौकामा घरभित्रै तपाई यस प्रकारको अभ्यासबाट पेट घटाउन सक्नु हुनेछ ।
प्लैन्क– सबैभन्दा बढि फ्याट र बाहिर निस्केको पेट घटाउन प्लैन्क एक्सरसाइज सबैभन्दा उत्तम हुन्छ ।
क्रन्च ट्विस्ट– क्रन्च ट्विस्ट एक्सरसाइज गर्दा पेटको साइडमा जम्मा भएको फ्याट कम हुन्छ । –
रेगुलर क्रन्चेज– यो क्रन्चेजको पोजिसनमा शरीरका कैयौं मांसपेशि एक साथ एक्टिभ हुने भएकाले फ्याट कम गराउन मद्दत गर्दछ ।
बाइसाइकल क्रन्चेज– यो एक्सरसाइज गर्दा शरीरमा निकै बल पुग्छ । जसले पेट र थाईमा जम्मा भएको बोसो कम गराउँछ ।
भर्टिकल लेग क्रन्च– भर्टिकल लेग क्रन्च एक्सरसाइज गर्दा शरीरलाई ब्यालेन्स गराउँदै खुट्टा उठाइन्छ । दैनिक १० पटक यो एक्सरसाइज गरेमा पेटमा जम्मा भएको बोसो छिटोभन्दा छिटो घट्दछ ।

प्रतिक्रिया दिनुहोस्