Logo

र्यापिड टेस्टमा काभ्रेका २ युवामा पनि कोरोना पोजेटिभ देखियो



Spread the love

२ वैशाख, काभ्रे – काभ्रे जिल्लाका २ युवामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । आज भएको र्यापिड टेस्टमा उनीहरूमा कोरोना पोजेटिभको संकेत देखिएको हो ।

काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक–एक जनामा र्यापिड टेस्टमा कोरोना संक्रमणको लक्षण देखिएको छ ।

बेथान्चोक गाउँपालिकाका २८ वर्षिय युवा र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षिय युवाको र्यापिड टेस्टमा पोजेटिभ देखिएको छ ।

बेथान्चोक गाउँपालिकाका २८ वर्षिय युवा चैत्र ९ गते भारतबाट नेपाल फर्किएका थिए भने मण्डनदेउपुर नगरपालिकाका २३ वर्षिय युवा चैत्र ७ गते दुबईबाट फर्किएका थिए ।

उनीहरूको थप परिक्षणका लागि धुलिखेल अस्पतालमा लगिएको छ बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्