Logo

कोरोना भाइरस कहिले रोकिएला ?



Spread the love

कोरोना भाइरस तिव्र गतिमा विश्वका विभिन्न देशमा फैलिसकेको छ । भाइरसको महामारीलाई रोक्नको लागि विभिन्न देशमा लकडाउन गरिएको छ । हाम्रो देश नेपालमा पनि लकडाउन बढाई बैशाख १५ सम्म पुर्याइएको छ । लकडाउनको कारणले गर्दा मानिसहरु घरमा कैद भएका छन् । लकडाउनको कारणले गर्दा मानसिक तनाव हुन थालेको छ । विभिन्न मानिसको जीविकोपार्जनमा समेत समस्या परेको छ । विभिन्न किसिमका भय हुँदा यो कहिले रोकिएला भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ । कोरोना भाइरसको महामारी कहाँ गएर रोकिएला ?

धेरै देशहरुले लाकडाउन र सामाजिक दुरीको माध्यमबाट कोरोना भाइरसको संक्रमण रोक्नको लागि कोसिस गरिरहेका छन् । केही दिन पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले बेलायतले १२ हप्तामा कोरोना भाइरसलाई नियन्त्रण लिन सक्ने बताएका छन् । यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा चाँडै नै सबै सामान्य हुने जनाएका थिए । तर विज्ञहरु कोरोना भाइरसको चुनौती विश्वबाट तत्काल नहराउने बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका विशेष राजदुत डेभिड नाबारोले कोरोना भाइरसले लामो समयसम्म मानव जातिलाई चुनौती दिने बताएका छन् । जबसम्म भ्याक्सिनले आफूलाई सुरक्षित गर्न सकिन्न तबसम्म भाइरसको प्रकोप जारी रहनेछ ।

एरिक डिंगले सीएनबीसीसँग कुरा गर्दै भने,”सायद अहिले हामीलाई एक या दुई महिनासम्म लकडाउनमा रहन पर्ला । यो कुरा साँचो हो कि भाइरस आगामी तीन हप्तामा गायब हुने छैन । बुहानसँग तुलना गरे पनि यो संभव छैन । हाम्रोमा कोरोना भाइरसको एक मात्र केन्द्र छैन । चीनले जस्तो एक ठाउँमा सबै डाक्टर, नर्सलाई लिएर उपचार गर्न सक्दैनौँ । यस कार्यको लागि हामीलाई कम्तिमा पनि दुई या दुई महिनाभन्दा बढी लाग्न सक्छ । यदि भ्याक्सिन १२ महिनाभन्दा पहिला आयो भने हामी सुरक्षित महसुस गर्न सक्दछौँ ।”

कोरोना भाइरस टास्कफोर्सका सदस्य र महामारी विशेषज्ञ डा. एन्थोबी फाउचले एक अन्तर्वार्तामा भने,”हामीले यो भाइरसको बारेमा केही भन्न सक्दैनौँ कि एक या दुई हप्तामा खत्तम हुनेछ । मलाइ लाग्दैन कि यस्तो केही सम्भावना रहेको छ । भाइरस जरैबाट खत्तम हुन मुश्किल छ, बरु यसले सिजनल बिमारीको रुप लिन सक्छ ।”

युनिभर्सिटी अफ रिडिङ्गका माइक्रोबायोलिजिस्ट प्रोफेसर डा. सिमोन क्लार्कले द इन्डिपेन्डेटसँग कुराकानीमा भनेका छन्,” कोरोना भाइरस अन्त्य हुँदैछ भनी तारिख तोक्नु असम्भव पक्ष हो । कोरोना भाइरस फैलिसकेको छ र यो अब हाम्रो लागि सधैं साथमा रहनेछ ।”

“कोरोना भाइरसको महामारी निकै चुनौतीपूर्ण रहेको छ किनकी मानिसको शरीरमा बिना लक्षण संक्रमण हुन सक्दछ र अरुमा पनि संक्रमण फैलिन सक्छ,” क्लार्कले थपे ।

साउथह्याम्पटन युनिभर्सिका ग्लोबल हेल्थका शोधकर्ता माइकल हेड बताउँछन् कि कोरोना भाइरसको बारेमा केही पनि अन्दाज लगाउन सकिंदैन । यो भाइरस नयाँ भाइरस हो र यसले विश्वभर महामारीको रुप धारण गरिसकेको छ । केही महिनामा संक्रमितको सङ्ख्या घट्न सक्छ तर जाडो आउँदा बित्तिकै भाइरसको संक्रमित बढ्न सक्छन् ।

कोरोना भाइरसको भ्याक्सिन कहिले बन्छ ? स्वास्थ्य विज्ञ भ्याक्सिन बनेपछि भाइरसको रोकथाम हुने बताउँछन् । भाइरस अहिलेसम्म बन्न सकेको छैन । इम्पेरियल कलेज लण्डनका प्रोफेसर नील फर्ग्युसनका अनुसार सामाजिक दूरीले संक्रमणको गति कम गर्नको लागि जरुरी छ । जबसम्म भ्याक्सिन आउँदैन तबसम्म सामाजिक दुरी बनाइराख्नु पर्दछ । कलेजको एक रिपोर्ट अनुसार कोरोना भाइरसको भ्याक्सिन बन्नको लागि करिब १८ महिना लाग्दछ । यसै गरी अक्सफोेर्ड युनिभर्सिटीका शोधकर्ता अनुसार ६ महिनामा पनि भ्याक्सिन बन्न सक्छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्