Logo

चितवनमा एक जनाको र्यापिड टेस्टमा पोजेटिभ देखियो



Spread the love

३ वैशाख, चितवन – चितवनमा एक जनाको र्यापिड टेस्टको नतिजा पोजेटिभ देखिएको छ । आज गरीएको टेस्टमा एक युवाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

प्राप्त जानकारी अनुसार ती युवा कोरियाबाट फर्किएका थिए । रत्ननगरको गुञ्जमान सिंह अस्पताल पिठुवामा उनको आरटिडी गरिएको थियो ।

उनी एक महिनाअगाडी दक्षिण कोरीयाबाट फर्किएको र नतिजा पोजिटिभ देखिएपछि उनलाई आईसोलेसनमा राखेर थप जाँचको तयारी भइरहेको छ।

यसैगरी गोरखामा हिजो र्यापिड टेस्टमा पोजेटिभ देखिएका युवाको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्