Logo

निर्वाचन प्रभावित हुने आशंका- सर्वोच्चको आदेशले आयोग अन्योलमा



Spread the love

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र अलग अलग गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको आदेशअनुरुपआयोगले आइतबार सो निर्णय गरेको हो ।

 

अदालतको आधिकारिक पत्र शनिबार आयोगमा आइपुगेको थियो ।

महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो ।

यसअघि अदालतको पत्र नआएको भन्दै दुवै निर्वाचनको मतपत्र एउटै पानामा छाप्ने तयारी आयोगले गरेको थियो ।

दुई मतपत्र छपाइसँगै मतपत्र बाकस, छाप लगाउने स्थान, मतदान अधिकृतको व्यवस्था के हुने भन्ने विषयमा भने आयोगले केही खुलाएको छैन ।

आयोगका प्रवक्ता नवराज ढकालले भने निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरेको खबर आजको नेपाल समाचापत्रमा छापिएको छ ।

आयोगको कार्यतालिकाअनुसार कार्तिक १० बाट प्रतक्ष्यतर्फको मतपत्र छपाई शुरु गर्नुपर्ने थियो । तर अन्योलका कारण आयोगले मतपत्र छपाई शुरु गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्