Logo

बेलायतबाट आएकी महिलाको रिपोर्ट शङ्कास्पद



Spread the love

४ वैशाख, चितवन – राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको छ ।

शंकास्पद नतिजा देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ ।

उनीसँगै हङकङ हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो । राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्