Logo

लकडाउनको माहोल – बच्चाको बढ्दो मोटोपनालाई कसरी नियन्त्रण गर्ने ?



Spread the love

लकडाउनको बेला बालबच्चा अस्वभाविक रुपमा मोटाउन थालेपछि अभिभावकको चिन्ता बढ्दै जान्छ । कसरी उनीहरुको मोटोपन नियन्त्रण गर्ने ? कतिले दौडन पठाउँछन्, कतिले खेलकुदमा लगाउँछन्, कतिले खानपानमा कटौती गर्छन् ।

अहिलेका बच्चाहरु तुलनात्मक रुपमा निस्क्रिय छन् । उनीहरु घरभित्रै बस्छन् । घरभित्रै खेल्छन् । बाहिरी खेलकुदमा उनीहरु त्यती जाँगर चलाउँदैनन् । अहिले बाहिर खेल्ने अनुकुलता पनि त्यती छैन । न उनीहरु घरको काम गर्छन्, न बगैंचाको । अहिलेका बालबच्चा बजारमा उपलब्ध खानेकुरा खान्छन् । घरको ताजा र स्वस्थ्यवद्र्धक खानेकुरा रुचाउँदैनन् ।खानेकुरा र खाने शैलीको कारण पनि अहिलेका बालबच्चा मोटाएका हुन् ।

मोटोपनले शरीर भद्दा र असुहाउँदिलो मात्र हुने होइन, मधुमेह, उच्च रक्तचापको जोखिम पनि बढाउँछ ।

यतिबेला तपाईंले उनीहरुलाई काम सिकाउन सक्नुहुन्छ । भान्साको काम सिकाउन सक्नुहुन्छ । घरायसी कामधन्दामा अभ्यस्त गराउन सक्नुहुन्छ । बगैँचाको काममा प्रेरित गर्न सक्नुहुन्छ ।

ग्यास बाल्न सिकाउनुहोस् । कुचो लगाउन सिकाउनुहोस् । भान्सामा सागसब्जी धुने, काट्ने काम गर्न सिकाउनुहोस् । चिया पकाउन सिकाउनुहोस् । आफूले खाना पकाइरहेको बखत उनीहरुलाई पनि सहभागी गराउनुहोस् ।

घर सफा गर्ने, ओछ्यान मिलाउने, फूलहरु सजाउने काममा उनीहरुलाई खटाउनुहोस् । सागसब्जी गोडमेल गर्ने, फूल रोप्ने, सिँचाइ गर्ने काम उनीहरुलाई सिकाउनुहोस् । कम्तीमा घरमा बसेको बेला उनीहरुले यी जीवनोपयोगी कुराहरु सिक्न सक्छन्, जो भोलिको दिनमा गर्नुपर्ने हुन्छ । उनीहरुलाई आफैँ बाँच्न सिकाउनुहोस्, अरुको भरमा होइन ।तब मोटोपनामा स्वत नियन्त्रण आउनेछ ।

प्रतिक्रिया दिनुहोस्