Logo

सन्तानलाई पुड्को हुनबाट यसरी जोगाउनुहोस् !



Spread the love

पछिल्लो समय अस्वस्थ खानपानका कारण पुड्कोपनको समस्याले गर्दा अभिभाबकहरुमा निक्कै चिन्ता पैदा गरिरहेको छ । आज भोलि जङ्गफुड खाने बानि लागेका बालबालिका दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुरा खान मन गर्दैनन् । तर प्याकेटका खाद्य सामाग्रीमा पर्याप्त पोषण नहुने भएकाले बच्चाहरु पुड्कोपन हुनसक्छन् । यस प्रकारको समस्याको समाधान गर्ने मुख्य जिम्मेवारी भनेको अविभावकको हुन्छ । पुड्कोपन कम गर्न यस्ता उपायहरु अप्नाउन सकिन्छ :

  • गर्भवती अवस्थादेखि नै नियमित गर्भ जाँच गराउनुपर्छ ।
  • चिकित्सकको परामर्श अनुसार गर्भाअवस्थामा आइरन, क्याल्सियम चक्किको सेवन गर्ने ।
  • गर्भवती हुदाँ अन्य समय भन्दा बढि मात्रामा पौष्टिक आहार खाने । पहेँलो फलफूल, माछामासु, सागसब्जी दिन बिराएर सेवन गर्ने ।
  • गर्भवती महिलासंग झगडा गर्ने, कुटपिट गर्ने वा रुवाउने काम गर्नुहुदैन ।
  • शिशु जन्मीएपछि लगाइने सबै खोपहरु खोप तालिका अनुसारको समयमा लगाउने ।
  • शिशु जन्मिएपछि शिशुको उचित स्याहार गर्नका लागि गकम्तीमा ६ महिनासम्म आमाको दुधको मात्र सेवन गराउने ।

प्रतिक्रिया दिनुहोस्