Logo

जोनी डिप इन्स्टाग्राममा



Spread the love

५ वैशाख, एजेन्सी । हलिउडका अभिनेता जोनी डिपले इन्स्टाग्राम अकाउन्ट खोलेका छन् । इन्स्टाग्राम खोलेको २૪ घण्टा नबित्दै जोनी डिपलाई २० लाख समर्थकले फलो गरिसकेका छन् ।

जोनी डिपले पहिलो पोस्टमा आफ्नो फोटो राखी लेखेका छन्,” सबैजनामा नमस्कार ! तपाईंहरुको लागि केही छायांकन हुँदै छ । मलाइ एक मिनेट दिनुहोस् ।”

जोनी डिप अमेरिकन कलाकार हुन् । उनको खास नाम जोन क्रिस्टोफर डिप द्वितीय हो । ५६ वर्षीय जोनी डिपले सन् १९८૪ मा ‘अ नाइटमेर अन इल्म स्ट्रीट’ नामक चलचित्रबाट डेब्यू गरी चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । जोनी डिप विशेष गरी पाइरेट्स अफ द क्यारिबियन फिल्म सिरिजबाट बढी चिनिन्छन् । पाइरेट्स अफ द क्यारिबियन बाहेक उनले डोनी ब्रास्को, फियर एण्ड लोथिङ्ग इन लस भेगास, ह्वाट्स इटिङ्ग गिलबर्ट ग्रेप, ब्लो लगायतका उत्कृष्ट चलचित्रमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्