Logo

ध्रुमपान गर्नेहरुलाई कोरोना संक्रमणको खतरा १४ गुणा बढी



Spread the love

एजेन्सी । कोरोना भाइरसको बढ्दो खतरालाई देख्दै मानिसहरुलाई जागरुक बनाईएको छ । सरसफाइ राख्नुको साथै खानपानमा ध्यान दिनु र ध्रुमपानबाट टाढा रहन सल्लाह दिईएको छ ।

टर्कीको न्यूज एजेन्सीले ध्रुमपान गर्ने मानिसमा कोरोना संक्रमण हुने खतरा १४ गुणा बढी भएको बताएको छ । नशाको बिरुद्ध लड्ने टर्कीको ग्रीन क्रिसेन्ट संगठनका अध्यक्ष प्रोफेसर मुसाहित ओजतुर्कले कोरोनाको महामारीबाट बच्नको लागि मानिसलाई ध्रुमपान छाड्नको लागि अपिल गरेका छन् । उनले भने,” ‘सुर्ती र सुर्तीजन्य उत्पादनको प्रयोग गर्दा कोरोना भाइरसबाट संक्रमणवहुने खतरा बढ्दछ ।

त्यसैले आफूलाई बचाउनको लागि सबै नशालु पदार्थबाट टाढा रहनु निकै जरुरी रहेको छ ।” ओजतुर्कले यस कुरालाई बढी जोड दिएका छन् कि धुम्रपानले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ र कोरोनो भाइरसको उपचारमा यसको नकारात्मक असर पर्न सक्दछ । “कमजोर प्रतिरक्षा प्रणाली शरीरको लागि खतरा रहेको छ किनकी यसको कारणले गर्दा उपचारको प्रक्रियामा ढिलाइ हुन्छ ।

कहिले काहीँ ध्रुमपान गर्नेहरुलाई पनि उपचारको क्रममा बाधा अड्चन आउन सक्छ ।” ओजतुर्कले भने । ओजतुर्ककाअनुसार धुम्रपानले फोक्सोमा नोक्सान गर्दछ । जसले गर्दा ब्याक्टेरिया अथवा भाइरस सजिलैसँग फोक्सोमा टाँसिएर बस्छन् अनि संक्रमणको गम्भीर अवस्था आउँछ । विश्व स्वास्थ्य संगठनले पनि बताएको छ कि धुम्रपान गर्ने मानिस भाइरसको चपेटामा आउने सम्भावना बढी रहेको छ किनकी ध्रुमपान गर्दा औँला मुखमा जान्छ र सजिलैसँग संक्रमण बढ्दछ ।

चीनका डाक्टरद्वारा गरिएको एक शोधका अनुसार बुढाबुढीको तुलनामा धुम्रपान गर्ने मानिसमा मृत्युको खतरा धेरै हुन्छ । ओजतुर्कले ध्रुमपान बन्द गरेपछि शरीर ठिक हुने प्रक्रियामा जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्