Logo

दमका बिरामीलाई कोरोनाको जोखिम सबैभन्दा बढी रहेको हल्ला मात्रै !



Spread the love

एजेन्सी। विश्वलाई नै आतंकित बनाई रहेको कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा बढी आक्रमण गर्ने हुँदा दमका बिरामी बढी खतरामा रहेका छन् भन्ने भ्रमलाई अनुसन्धाताहरूले तोडेका छन् । न्यूयोर्कमा गरिएको अध्ययन अनुसार कोरोनाले दमका बिरामीलाई खासै असर नपार्ने देखेको छ ।

‘हामीले दमका बिरामीलाई कोभिड–१९ ले गम्भीर असर पारेको देखेका छैनौं,’ न्यूयोर्कस्थित लेनोक्स हिल अस्पतालका सघन उपचार फिजिसियन डा। बुसरा मीनाले भने, ‘बरू यसको तुलनामा मोटोपना, मधुमेह र मुटुको रोग भएका बिरामीलाई कोरोना संक्रमणपछि बढी च्यापेको पाइएको छ।’

चिकित्सकहरूका अनुसार, दमका बिरामीलाई कोरोनाको गम्भीर असर नदेखिनुको एउटा कारण उनीहरूले नियमित रूपमा लिने औषधि पनि हुनसक्छ। उक्त औषधिले दम नियन्त्रणमा राख्ने हुँदा बिरामीले भाइरसको प्रभाव र सास फुल्ने समस्यासँग एकैचोटि जुध्नुपर्दैन।

प्रतिक्रिया दिनुहोस्