Logo

गाडीले धुँवा फाले कारबाहीमा पर्ने !



Spread the love

अत्याधिक धुवाँ फालेर वातावरणीय प्रदुषण बढाउने ६५ सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ ।

१३ दिनदेखि सुरु कारबाही सोमबारसम्म आइपुग्दा प्रहरीले राजधानीका सडकमा सवारी प्रदुषण मापदण्ड पुरा नगरी गुडेका चारपांग्रे सवारीसाधनलाई कारबाही गरेको हो ।

उपत्यकामा गुड्ने गाडीलाई यातायात व्यवस्था विभागले बातावरण अनुकुलता जाँच गरी हरियो स्टिकर दिने गरेको छ ।

हरियो स्टिकर नभएका र नवीकरण नगरी गुड्दै आएका सावारीसाधनलाई प्रहरीले कारबाही सुरु गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्