Logo

प्रशिद्ध लेखिका तसलिमा नसरीनद्वारा बंगलादेशी सरकारलाई मूर्ख उपमा



Spread the love

बंगलादेशमा लकडाउनको बीचमा एक धार्मिक नेताको निधन हुँदा हजारौँ सङ्ख्यामा भीड जम्मा भयो ।

सरकारले गरेको लकडाउनलाई अवज्ञा गर्दै बंगलादेशको ब्राह्मणबारियामा उक्त नेताको अन्तिम संस्कार प्रार्थनामा हजारौँको भीडलाई देखेर बंगलादेशकी प्रशिद्ध लेखिका तसलिमा नसरीनले सरकारलाई मूर्खको उपमा दिएकी छिन् ।

तसलिमा नसरीनले भीडको फोटो हाली ट्विट गर्दै लेखेकी छिन् । लकडाउनमा सामूहिक सभाको बन्देजमा पनि ब्राह्मनबारियामा एक धार्मिक नेताको मौलाना जुबेर अमद अन्सारीको अन्तिम संस्कार प्रार्थनामा ५० हजार जम्मा भएका थिए । मूर्ख सरकारले यी मुर्ख जनतालाई रोक्ने कोसिस पनि गरेन ।

लकडाउनको बेलामा यति धेरै सङ्ख्यामा भीड हुँदा बंगलादेशका विभिन्न ठाउँका मानिसहरुले सामाजिक सञ्जालद्वारा आलोचना गरिरहेका छन् । बंगलादेशमा कोरोना भाइरसबाट २,१૪૪ जना संक्रमित भई सकेका छन् भने ८૪ जनाको ज्यान गईसकेको छ । तसलिमा नसरिन बंगलादेशकी मानवअधिकारवादी, भौतिकशास्त्री, नारीवादी र लेखिका हुन् ।

उनी विशेष गरी धर्मको समालोचनाबाट बढी चिनिन्छिन् । उनी इस्लाम धर्मको बारेमा बोल्न कहिल्यै डराउँदैनिन् । उनले लेखेका किताबहरु ३० भाषामा अनुवाद भई सकेका छन् । उनले लज्जा, फ्रेन्च लभर, शोधजस्ता उपन्यास लेखेकी छिन् ।

  • एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्