Logo

कोरोना कहर – प्रश्नै प्रश्नमा रुमलिएको चीन



Spread the love

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले एक लाख ६० हजार भन्दा बढीको ज्यान लिइसकेको छ । युरोपेली मुलुक कोरोनाबाट धेरै नै प्रभावित छ । अमेरिकामा सबैभन्दा धेरै मृत्यु भएको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ३९ हजार १४ जनाको मृत्यु भएको छ भने ७ लाख ३८ हजार संक्रमित भएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिनुमा जिम्मेवार देखिए चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले कोरोना भाइरस फैलिनुमा चीन जिम्मेवार रहेको बताउँदै आएका छन् । शनिबार पनि उनले कोरोना भाइरसको महामारीमा चीनले पारदर्शिता नदेखाएको र यसलाई नियन्त्रणको कदम निकै ढिला मात्र चालेको बताए ।

यता ,अष्ट्रेलियाका विदेशमन्त्रीले पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कुरासँग सहमती जनाउँदै यो पूरा संकटमा कुप्रबन्ध स्पष्ट रुपमा देखिएको बताएका छन् भने चीनले यसमा पूर्ण पारदर्शिता नअपनाएको पनि आरोप लगाएका छन । यसअघि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले चीनमाथि प्रश्न उठाउादै चीनले यो भाइरसलाई राम्रोसँग व्यवस्थापना नगरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्