Logo

कोरोनाको सन्त्रास- छरिएका नोट टिप्नुको सट्टा मानिसहरु उल्टै चारकोस टाडा भाग्न थाले !



Spread the love

एजेन्सी। यतिबेला विश्वभर फैलीरहेको कोरोनाले मानिसहरुमा सन्त्रास पैदा गरिरहेको छ। हालै भारतको नयाँदिल्लीस्थित लरेन्स रोड ५ सय भारुका केही नोटहरू यत्रतत्र छरिएका थिए । तर, आस्चर्यको कुरा योपटक सडकमा यत्रतत्र छरिएका ५ सय भारुका नोटहरू टिप्ने आट कसैले गरेनन् ।

कोरोना भाइरस फैलाउनका लागि त्यसरी नोट छरेको भन्दै मानिसहरु पैसा टिप्नुको साटो उल्टै चार कोस टाडा भागेका थिए । त्यसपश्चात स्थानीय बासिन्दाले पुलिसलाई खबर गरेका थिए ।

उक्त घटनापछि एकजना महिला ती नोटहरू आफ्नो भएको दाबि गरेकी छन् । आफुले ती नोटहरूलाई धोइपखाली गरी बाल्कोनीमा सुकाउदै गर्दा हावाले उडाएर सडकमा खसालेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्