Logo

लकडाउनले भारतमै आमाको किरिया बसेकालाई नेपाल ल्याइयो



Spread the love

७ वैशाख, दार्चुला – लकडाउनले नेपालपारी भारतीय क्षेत्रमा नै आमाको किरिया बसेका नेपाली युवक नेपाल ल्याइएका छन् । नेपाल र भारतीय प्रहरीको समन्वयमा उनलाई नेपाल ल्याइएको बताइएको छ ।

कोरोना रोकथामका लागि भन्दै गरेको लकडाउनको समयमा वासुदेव भट्टकी आमाको दार्चुला शैल्यशिखर नगरपालिकाकामा मृत्यु भएको थियो तर वासुदेव नेपाल आउन नपाएर भारतीय क्षेत्रमै किरिया बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी दिपेन्द्र शाहीले बताए अनुसार उनलाई आज दिउँसो नेपाल ल्याइएको हो ।

नेपालमा आमाको निधन भएर पनि नेपाल प्रवेश गर्न नपाएका भट्टलाई ल्याउन गृह मन्त्रालयले धेरै पहल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्