Logo

नवीन खड्का र सुर्यकुमारी पुनको स्वरमा आयो `सबैको साथी´



Spread the love

निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू चुनावी प्रचारमा जुटेका छन् । विभिन्न माध्यमको प्रयोग गर्दै दलहरू चुनावी प्रचारमा होमिएका छन् । त्यसमध्येको एक हो सांगीतिक पक्ष । दलहरूले कलाकारहरूमार्फत गीतबाट चुनावी प्रचार गरिरहेका छन् । दलहरूले राष्ट्रिय कलाकारदेखि पार्टीमा सक्रिय कलाकारहरूलाई चुनाव प्रचारको माध्यम बनाएका छन् । वाइसीएल नेपालको केन्द्रीय सांस्कृतिक बिभागले अहिलेसम्मकै उत्कृष्ट क्रान्तिकारी म्युजिक भिडियो बजारमा ल्याएको छ । “सबैको साथी म पनि माओबादी भाग्-२“बोलको गीत युट्युबमा अपलोड गरिएको छ ।वाइसीएल सांस्कृतिक बिभाग प्रमुख समेत रहेका नवीन खड्काको लय,शब्द र संगीत रहेको यो गीतमा स्वर भने नवीन खड्का र गायिका सुर्यकुमारी पुनले दिएकी छिन ।भिडियोमा  सन्तोष गुरुङ ,नुमा घले र कमला पुन मगरले अभिनय गरेका छन भने कोरियाग्राफ जस्मिन मगरले गर्नुभएको छ । यस गीतको भिडियो छायांकन सुरेश श्रेष्ठले गर्नुभएको छ भने भिडियो सम्पादन दिपक बिष्टले गरेका छन । अक्सिजन मिडिया प्रा.लिको पोस्ट प्रड्क्सनमा यस गित बजारमा सार्बजनिक गरिएको हो ।विशेष गरि बाम गठबन्धनपछि समानुपातिक मतदातासम्म पार्टीले गरेको कामकाज संगीत मार्फत जनतामाझ पुर्‍याउन यो गीत बजारमा ल्याईएको गायक खड्काले जानकारी दिए ।गीतमा माओवादी पार्टीका अध्यक्ष समेत रहेका प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण कार्यहरुलाई संगीतमार्फत उजागर गरिएको छ ।रोचक कुरा त के छ भने गीतको अन्त्यमा प्रचण्डले सरकार छोड्दै गर्दाको संबोधनको केही अंस यस गीतको भिडियोले समेटेको छ । जताततै बाम गठबन्धनको गीत घन्किरहेको बेला आफ्नो पार्टीको लागि समानुपातिक मतदातासम्म पुग्न वाइसीएल नेपाल केन्द्रीय कार्यालयले यो गीत प्रचार बिभाग मार्फत बजारमा ल्याइएको बताइएको छ । गितले दैशैभर माओवादीको पक्षमा युवाहरुलाई एकता बद्ध बनाउने बिश्वास गरिएको छ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/vvI-gThzE2c

प्रतिक्रिया दिनुहोस्