Logo

सरकारले ल्याएको अध्यादेश विरुद्ध नेविसंघको देशभर प्रदर्शन



Spread the love

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले सरकारले ल्याएका अध्यादेशको विरोधमा देशभर प्रदर्शन गरेको छ । संसारभर कोरोना महामारी फैलिएको र राष्ट्रिय सङ्कटको घडीमा सबै एकजुट भएर कोरोना महामारी रोकथाम गर्नु पर्ने बेलामा सरकारले लोकतन्त्र समाप्त पार्ने नियतका साथ अध्यादेश ल्याइएको भन्दै नेविसंघ पाटन संयुक्त क्याम्पस इकाईले क्याम्पस अगाडि सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरेको छ ।

पाटन संयुक्त क्याम्पस नेविसंघ इकाईका नेता सुवास शर्मा पोख्रेलको नेतृत्वमा भएको प्रदर्शनमा सरकारले ल्याएका अध्यादेश तुरुन्त फिर्ता गरी सबै एकजुट भई कोरोना महामारीको रोकथाममा लाग्न अपिल गरिएको छ ।पोख्रेलले सरकारले लकडाउनको मौका छोपी आफ्ना आसेपासेलाई ठेक्का, टेन्डर दिलाउने र भ्रष्टाचार र कमिसनको घिनलाग्दो खेल खेलेको आरोप लगाएका छन् । यस्ता कार्यहरू गरेमा नेविसंघ चुप लागेर नबस्ने र सडक तताउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

प्रदर्शन गर्ने क्रममा राजनीतिक दल विभाजन खुकुलो बनाउने तथा प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी ल्याएको अध्यादेशको घोर विरोध गर्दै लोकतन्त्र समाप्त पार्ने नियतका साथ ल्याइएको यस्तो अध्यादेश खारेज गर्न नेविसंघ इकाईका नेता रुपक न्यौपानेले चेतावनी दिएका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्