Logo

प्रतीक्षाको घडि समाप्त सलमान र कट्रिना स्टारर फिल्म



Spread the love

अन्ततः लामो प्रतीक्षाको घडि समाप्त भएको छ । बलिउड अभिनेता सलमान खानको मुख्य भुमिका रहेको फिल्म ‘टाइगर जिन्दा हे’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक उक्त ट्रेलरमा एक्सन दृश्यलाई बेजोड रुपमा प्रस्तुत गरिएको छ । सलमानसँगै ट्रेलरमा अभिनेत्री कट्रिना कैफलाई पाकिस्तानी एजेन्टको रूपमा प्रस्तुत गरिएको छ । ईराकमा केहि बर्ष पहिले घटेको भारतिय नर्सहरुमाथीको सत्य घटनालाई लिएर फिल्म निर्माण गरिएको छ ।‘यशराज फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन्। ‘एक था टाइगर’को सिक्वेलका रुपमा निर्माण भएको फिल्म ‘टाइगर जिन्दा हे’ डिसेम्बर २२ बाट प्रदर्शनमा आउदै छ।फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/ePO5M5DE01I

प्रतिक्रिया दिनुहोस्