Logo

भोक हडतालमा पाकिस्तानी डाक्टरहरु



Spread the love

१४ वैशाख, एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसबाट १२ हजारभन्दा बढी मानिस संक्रमित भईसकेको छ भने , २६० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । पाकिस्तानमा धेरै डाक्टर र नर्सहरु पीपीई नपाएर प्रदर्शन गरिसकेका छन् । प्रदर्शनका बाबजुत पनि सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

एएफपीको रिपोर्ट अनुसार योङ्ग डाक्टर्स एसोसिएशनका अनुसार पाकिस्तानमा १५० स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । त्यसपछि भने केही दर्जन मेडिकल स्टाफ लाहोरमा पीपीईको माग गर्दै भोक हडतालमा डाक्टरहरु उत्रिएका छन् ।

भोक हडतालमा बसेका मेडिकल स्टाफले बेला बेलामा अस्पतालका बिरामीको उपचार पनि गरिरहेका छन् । यहीं महिनामा पाकिस्तानको क्वेटामा पीपीईको माग गरिरहेका करिब ५० डाक्टरलाई गिरफ्तार गरिएको थियो ।

२६ सालका एक डाक्टरको कोरोनाको कारणले मृत्यु भएको थियो । यसै गरी सरकारी अस्पतालमा काम गर्ने एक विशिष्ट डाक्टरको पनि गएको शनिवार मृत्यु भएको छ ।

डाक्टर सलमान हसिबका अनुसार माग पुरा नभएसम्म भोक हडताल हट्ने छैन । सरकारले हाम्रो मागलाई अस्वीकार गरिरहेको छ । हसिबले १६ अप्रिलदेखि केही नखाएको बताएका थिए । उनी पञ्जाबका ग्राण्ड हेल्थ अलायन्सका प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्