Logo

माईक्रोलिंक डान्स देउखुरी डान्स “फाइनल ब्याटल राउण्ड”को नतिजा सार्वजनिक



Spread the love

दाङ देउखुरीमा डान्सको उत्थान गर्दै लुकेर बसेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्य राखी राप्ती टेलिभिजन र माइक्रोलिंक मुभिज्ले भाद्र – १६ गते देखि संचालन गरेको टिभी लियालिटि डान्सिङ सो ‘डान्स देउखुरी डान्स’ अब अन्तिम अन्तिम तिर आएको छ l१९ गते भएको सेमिफाइनल अर्थात् फाइनल ब्याटल राउण्डको नतिजा आज २२ गते सार्वजनिक गरिएको छ l “सेमिफाइनल अर्थात् फाइनल ब्याटल राउण्ड” मा जम्मा १६ जना कन्टेस्टेनहरु सहभागी भएका थिए l जस मध्ये जम्मा ७ जना कन्टेस्टेनहरु मात्र फाइनल राउण्डमा पुग्न सफल भएका छन् l माईक्रोलिंक डान्स देउखुरी डान्स सिजन १ को टप – ७ फाइनालिष्टहरु:

१. बिपना अधिकारी
२. सगुन चौधरी
३. अस्मिता घर्ति
४. अनिशा खातुन
५. सुष्मा खत्री
६. बिभुति डिसी
७. गोमा रिजाल

त्यस्तै यस माईक्रोलिंक डान्स देउखुरी डान्समा ‘वाईल्ड कार्ड इन्ट्री’को समेत ब्यबस्था गरिएको हुनाले वाईल्ड कार्ड इन्ट्री मार्फत यमा क्रु, यनी गिरी र कुनाल विके छनौट भएको आयोजकले जनाएको छ । फाइनल ब्याटल राउन्ड ज्योतिषमति बिद्यापिठमा भएको थियो ।जजहरुमा कोरियोग्राफर तथा मोडेल विजय पुन र कोरियोग्राफर दिपक परियार रहनु भएको थियो । कात्तिक महिनाको अन्तिम तिर ग्राण्डफिनाले गरेर विजेता घोषणा गर्ने कार्यक्रम रहेको माईक्रोलिंक डान्स देउखुरी डान्सका डाईरेक्टर भोजराज थापाले जानकारी दिनुभएको छ ।

विजेतालाई नगद सहीत म्यूजिक भिडियोमा खेल्ने अवसर र उपहारको ब्यवस्था गरिने आयोजकले जनाएको छ । डान्स देउखुरी डान्सको छायांकन सुरेश पन्थी र भोजराज थापाले गर्नु भएको छ l साथै निर्देशन दिपक पाण्डेले गर्नु भएको छ l डान्स देउखुरी डान्समा राप्ती टेलीभिजनको प्रस्तुती रहेको छ lफाइनल राउण्ड मङ्सिरको पहिलो हप्ता हुने आयोजकले जानकारी गराएको छ l

 

प्रतिक्रिया दिनुहोस्