Logo

विकासमा, गुल्मी जिल्ला देशकै नमुना जिल्ला – चन्द्र भण्डारी ।



Spread the love

कात्तिक २२ , काठमाडौं,- सल्लेरी खबर ।

प्रतिनिधिसभा एंव प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम सम्पन्न भएसंगै देश पुरै निर्वाचनमय भएको छ। सबै दलका उम्मेदवारहरु आ-आफ्नो दलका नेता कार्यकर्तासंगै घरदैलो कार्यक्रम सुरु भएसंगै गुल्मीमा पनि निर्वाचनको रौनक बढेको छ।

राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी एकै क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् । प्रतिनिधिसभामा २ र प्रदेशमा ४ क्षेत्र भए पनि दुई नेताको प्रतिस्पर्धाले क्षेत्र नं. १ मतदाता र राजनीतिक वृत्तमा बढी चर्चामा छ ।

बुधवार सल्लेरीखबर सँग कुरा गर्दै नेता भण्डारीले आफुले गुल्मी जिल्लाको बिकासमा धेरै कामहरु गरेको बताए । उनले आफुले जिल्लामा अहिले सम्म गरेका हरेक कामहरुको डकुमेन्ट नै बनाएर जनतामाझ पुर्याउने बताउँदै आफुले अझै बिकास र प्रगतीका काम गर्नको लागि उम्मेद्वारी दिएको बताए । फोन कुराकै क्रममा उनले  बुटवल तम्घास फाष्ट ट्रयाकको काम, खानेपानि, पक्की पुल, बिधालय भवन, सिमान्तकृत समुदायलाई आवास जस्ता थुप्रै कामहरु गरेको र अझै विकासका कामहरु गर्न चाहेको बताए ।

गुल्मेली जनताको समस्यासंग हातेमालो गर्दै अगाडी बढिरहेको गुल्मेली जनतासंग सबैभन्दा ठुलो प्रतिबद्धता संविधान लेखनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको  र गुल्मीलाई विकासको नमुना जिल्ला बनाउदै लाने कुरामा आफु निरन्तर लागिरहेको समेत उनले सल्लेरीखबरलाई बताए  ।

 

 

प्रतिक्रिया दिनुहोस्