Logo

कसरी ल्याउने फेसबुकमा “केयर रियाक्सन”



Spread the love

१८ वैशाख, एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले केही दिनयता “केयर” नाम दिएर नयाँ रियाक्सन ल्याएको छ । विश्व नै लकडाउनको विषम परिस्थितिमा रहेको बेला केही नयाँ अनुभव दिने उद्देश्यले यो रियाक्सन अपडेट गरेको फेसबुकले बताएको छ ।

फेसबुकले फेसबुक पोस्ट तथा म्यासेन्जरको म्यासेजमा समेत यो रियाक्सन प्रयोग गर्न मिलने बताएको छ ।

प्रायः धेरै मानिसको फेसबुक अकाउन्टमा केयर रियाक्सन अपडेट भएता पनि केहीको अकाउन्टमा अझै हुन बाँकी छ । अर्थात् कसैले यो नयाँ रियाक्सन प्रयोग गर्न पाइरहेका छैनन् ।

यदी तपाईले केयर इमोजी पाउनु भएन भने यो उपाय अपनाउन सक्नुहुनेछः-

१. कुनै फेसबुक पोस्ट हेर्नुहोस्

२. लाइक गर्ने अप्सनमा एकछिन होल्ड गर्ने यत्ति गर्दा भिन्न खालका भाव जनाउने ६ वटा रियाक्सन देखिनेछन् त्यसमध्ये लभ सिग्नलमा अंगालो मारेको इमोजी नै केयर रियाक्सन हो ।

यदि यति गर्दा तपाईले केयर रियाक्सन पाउनु भएन भने फेसबुक अफडेट गरेर सजिलै पाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्