Logo

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु



Spread the love

१८ वैशाख, अछाम – अछाममा आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएकी युवतीको बिहीबार मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए अनुसार जिल्लाको मंगलसेन नगरपालिका घर भएकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमण रहेको आशंकामा भर्ना भएकी उनको बिहीबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्य प्रमुख ढुंगानाले बताए मृतकको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ भएता पनि स्वाब संकलन गरेर पिसिआर परीक्षणको सुर्खेत पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्