Logo

बैशाख २० गते शनिबार, भोलिको राशीफल



Spread the love

भोलि मिति २०७७ साल बैशाख २० गते शनिबार। भोलिको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष-प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले उचाइमा पुग्दै प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । तपाइको क्षमताले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ । विदेश भ्रमणको अवसर आइलाग्ने सम्भावना देखिन्छ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्‍याउन सक्छ । गणेशको आराधना गर्दा विघ्नहरू समाप्त हुनेछन् ।

वृष- सानो लगानीबाट सोचेजस्तो मुनाफा हात पार्न सकिनेछ । महत्त्वपूर्ण कार्य सम्पन्न गर्दा ढिलो नगरी निर्णय दिनु उचित हुनेछ । अभिभावकको रुचिको ख्याल गर्न विलम्ब नगर्नुहोला । रोकिएका अवसरहरू फुक्का भई जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ ।

मिथुन- प्रतिस्पर्धीले आफ्नो त्रुटि औल्याइदिँदा पुन: सोही कार्यमा समय खर्चिनुपर्ने हुन्छ । भौतिक साधन खरिद गर्ने साइत जुर्न सक्छ । सरोकार नभएका कार्यले फजुल खर्च बढाउने सम्भावना छ । सामाजिक क्षेत्रमा गरिएका कार्यले प्रतिष्ठा बढाउनेछ । असहयोग, पारिवारिक परिस्थितिबाट उम्कन अझ केही समय कुर्नुपर्ने हुन सक्छ ।

कर्कट- अध्ययनका निम्ति विदेश जाने अवसर प्राप्त हुन सक्छ । गुप्त शत्रुले छवि बिगार्ने षड्यन्त्र गरे पनि अभिभावकको सुझाव अवलम्बन गर्दा परास्त पार्न सकिनेछ । बुधबार र बिहीबार सतर्कतापूर्वक कार्य गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

सिंह- अभिभावकसँग मतभेद हुँदा मन खिन्न हुनेछ । विनायोजना आकस्मिक धार्मिक यात्रामा दान–पूण्य गर्न सहभागी भइनेछ । भोजभतेरमा अनिवार्य उपस्थित हुनुपर्ने बाध्यात्मक निमन्त्रणा आइलाग्नेछ ।

कन्या- आलोचनालाई सकारात्मक रूपमा लिन सके सहजै उचाइमा पुगिनेछ । ससाना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छन् । हेक्का राखी कार्य सम्पादन गर्नु उचित हुन्छ । मान्यजन तथा परिवारका सदस्यले तपार्इंको लगनगाँठोको निर्धारण गर्ने सम्भावना छ, बिना हिचकिचाहट स्वीकार्नुहोला । नीलो रंगलाई प्राथमिकतामा राखे फाइदा हुनेछ ।

तुला-अतुलनीय उपलब्धि हात पार्न थप मेहनतको आवश्यकता पर्नेछ । मन पराउनेको सामु स्वाभाविक व्यवहार गर्दा नै उचाइमा पुगिनेछ । विदेश यात्राको सम्भावना टरेको छैन । साथीहरूसँग घुमफिर तथा गफगाफमा समय व्यतीत गर्दा प्रेमिका चिढिने सम्भावना छ । साताको अन्त्यमा रोजगारीको चिन्ताले पिरोल्न सक्छ ।

वृश्चिक- प्रेमी–प्रेमिकाबीचको खटपटमा मल्हम लगाउन सुनौलो रंगको उपहारको आवश्यकता पर्नेछ । हात लागेका अवसरलाई निरन्तरता दिन सके भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ । चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनुहोला । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ ।

धनु –यो साता मनोरञ्जनका क्रममा भेटिएका विपरीतलिंगी मित्रहरूले मन पराएको भावना व्यक्त गर्ने सम्भावना छ । साथीभाइहरूले सहयोग गर्ने तत्परता देखाउनेछन् । आफन्तबीचको भेटघाटले साता रमाइलोसँग बत्नेछ । पूर्व दिशातर्फको यात्रालाई प्राथमिक दिए नयाँ अवसर प्रशस्त भेटिनेछन् ।

मकर –आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोड्ने अवसर जुट्न सक्छ । सोमबार र मंगलबार अभिभावकलाई रिझाउने प्रयत्न गर्नुहोला ।विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । प्रियजनसँगको भेटघाटले साता रमाइलो बनाउनेछ । मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ ।

कुम्भ-सामाजिक सरसफाइ तथा टोल सुधारको कार्यक्रममा समय खर्चनुपर्ने हुन्छ ।प्रेमिका घुमघाम गर्न लालायित भएको अवस्थालाई मध्यनजर गर्दै भ्रमणमा सहभागी भइनेछ । बोलीको प्रभावले नकरात्मक क्षण निम्त्याउन सक्छ, कम बोल्दा नै जस पाइनेछ ।

मीन-मन पराउनेले घुमाउरो भाषा प्रयोग गरी प्रेम प्रस्ताव राख्दा मुटुको धड्कन बढ्न सक्छ, संयमता अपनाउनुहोला । हेलचेक्र्याइँ गरी यात्रा गर्दा आर्थिक नोक्सानीको थप भार पर्नेछ ।सवारी साधन चलाउँदा संयमित रहनुहोला ।

प्रतिक्रिया दिनुहोस्