Logo

तनाव कम गर्न, निन्द्रा लगाउन कुन ड्रिङ्क पिउने ?



Spread the love

एजेन्सी । जीवनयापन गर्ने क्रममा विभिन्न किसिमका समस्याहरु उत्पन्न हुन्छन् । ती समस्याहरुले तंपाईमा तनाव पैदा गर्दछ । तनावले गर्दा तंपाईलाई ढिला निद्रा लाग्ने गर्दछ । दिनभर कडा परिश्रम गर्दा पनि निद्रा नलाग्न सक्छ । शरीरलाई आराम दिनको लागि निद्रा लाग्नु आवश्यक हुन्छ । यहाँ एउटा ड्रिङ्क बारेमा बताइएको छ जसले तंपाईको अनिन्द्राको समस्यालाई टाढा भगाउने छ ।

कागतीको रसबाट तयार हुन्छ ड्रिङ्क


तंपाईलाई सुन्दा अचम्म लाग्न सक्छ । कागतीको बारेमा विभिन्न किसिमका शोध भएका छन् । जसमा यस कुराको पुष्टि भएको छ की कागतीको सेवनले अनिन्द्राको समस्याबाट छुटकारा पाउन सकिन्छ । कागतीले स्लिपिङ्ग हर्मोनलाई सक्रिय बनाउने काम गर्दछ ।
नेसनल सेन्टर फर बायो टेक्नोलोजी इन्फर्मेसनका अनुसार कागतीमा तनावलाई पनि कम गर्ने गुण रहेको बताएको छ । यति मात्र नभइ कागतीको फ्लेवर भएका सेन्ट र रुम फ्रेसनरको पनि प्रयोग गर्ने सल्लाह डाक्टरहरुले दिने गर्दछन् ।


सामाग्री– १ गिलासको लागि
–एउटा कागती
–एक चम्चा नुम

बनाउने तरिका
१. सर्वप्रथम कागती काट्ने, त्यसपछि कागतीको रस निचोर्ने
२. त्यसपछि एक गिलास पानी र कागतीको रसलाई चम्चाको सहायताले घुलाउने
३. माथिबाट एक चम्चा नुन हाल्ने र सुत्नुभन्दा आधा घण्टा अगाडि सेवन गर्ने
४. दुईदेखि तीन दिनसम्म लगातार सेवन गर्दा तंपाईको अनिन्द्राको समस्या हल हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्