Logo

विश्वमै सबैभन्दा बढी हेरिने दोस्रो सिरिज बन्यो रामायण



Spread the love


एजेन्सी । भारतीय टेलिभिजन दुरदर्शनबाट पुन: प्रशारित भएको रामायण सिरिजले विश्व रेकर्ड कायम गरेको छ । लकडाउनले गर्दा रामायण सिरिज पुन: प्रशारित गरिएको थियो । रामायण सिरिज सर्वप्रथम सन् १९८७ को जनवरी २५ देखि सन् १९८८ को जुलाइ ३१ सम्म दुरदर्शन टेलिभिजनमा प्रशारित भएको थियो ।

प्रस्तुत सिरिजका निर्देशक रामानन्द सागर हुन् । रामायणले सन् २००३ मा विश्वमा सबैभन्दा धेरै हेरिएको पौराणिक कथामा पनि यसले इतिहास बनाएको थियो । रामायण सिरिजलाई ७ करोड ७० लाखले हेरेका थिए ।

विश्वमा सबैभन्दा बढी हेरिएको सिरिज भने एम. ए. एस. एच हो । उक्त सिरिजलाई १० करोड ६० लाख मानिसले हेरेका थिए । उक्त सिरिज सन् १९७२ मा सुरु भएर सन् १९८३ मा सकिएको थियो । सिरिजका २५६ वटा इपिसोड थिए ।

विश्वमा सबैभन्दा बढी हेरिएका सिरिजहरुमध्ये रामायण बाहेक अरु सबै अमेरिकन सिरिज हुन् ।

सबैभन्दा धेरै हेरिएका सिरिजहरू :

१. एम. ए. एस. एच: १० करोड ६० लाख
२. रामायण: ७ करोड ७० लाख
३. सेन्फेल्ड: ७ करोड ६० लाख
४. फ्रेण्डस्: ५ करोड ३० लाख
५. गेम अफ थ्रोन्स: १ करोड ९० लाख
६. बिग ब्याङ्ग थ्योरी: अमेरिकन १ करोड ८० लाख

प्रतिक्रिया दिनुहोस्