Logo

उसु प्रशिक्षक भुजेललाई १ लाख ८६ हजार आर्थिक सहयोग ( फोटोफिचर सहित )



Spread the love

कार्तिक – २६ , काठमाडौं- सल्लेरी खबर ।

नेपाल मार्सल अार्ट अर्गनाइजेसन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडीहरुकाे संयुक्त अायाेजनामा बानेश्वरमा भएकाे सम्मान, अभिनन्दन तथा सहयाेग कार्यक्रममा गत कार्तिक १५ देखि २४ गते सम्म राष्ट्रिय उसु टिमका सान्साै तर्फका खेलाडीहरुलाई अाफ्नाे अमुल्य समय दिई १० दिने प्रशिक्षण गराई खेलाडीहरुकाे मनाेबल बढाउन सफल इरानका अन्तर्राष्ट्रिय उसु रेफ्री काश्रा फोरोगिफर (Kasra Foroghifar) लाई मार्सल अार्ट अर्गनाइजेसन नेपालका अध्यक्ष श्री राजीव महर्जनले सम्मानपत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडीहरुकाे तर्फबाट श्री बद्री थापाले वीर गाेर्खालीकाे शान भादगाउँले टाेपी र खुकुरी दिई अभिनन्दन गरिएकाे छ ।

उक्त कार्यक्रममा गत असाेज ६ गते ग्यासलिकभै घर अागलागी भएका स्वयंसेवक उसु प्रशिक्षक शंकर भुजेललाई १ लाख ८६ हजार रुपैया नगद तथा चेक मार्फत मार्सल अार्ट अर्गनाइजेसनका सल्लाहकार तथा काभ्रे जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष श्री प्रदिप बाेगटिले हस्तान्तरण गर्नु भएकाे थियाे।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडी, मार्सल अार्ट अर्गनाइजेसन नेपाल, प्राबिधिक उसु कमिटि नेपाल, स्वयंसेवक उसु प्रशिक्षक, विभिन्न जिल्ला उसु संघ, स्वदेश तथा विदेशमा रहनुहुने उसु खेलाडहरु तथा उसु खेललाई माया गर्ने महानुभावहरुकाे सहयाेगमा संकलित रकम स्वयंसेवक उसु प्रशिक्षक शंकर भुजेललाई सहयाेग गरिएको थियाे ।

यसै कार्यक्रम मार्फत स्वयंसेवक उसु प्रशिक्षक शंकर भुजेलले उहाँलाई सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेगि हातहरुलाई हृदय स-धन्यवाद प्रकट गर्नु भयाे र अाउदा दिनहरुमा पनि विपदमा परेकाहरुलाई सहयाेग गर्न ती हातहरू नराेकियाेस् र अाफु पनि सबैलाई यसरी नै सहयाेग गर्ने अठाेट गर्नु भयाे।

प्रतिक्रिया दिनुहोस्