Logo

‘तिमी नि आधा, म पनि आधा’ बोलको रोमान्टिक गीतमा निखिल र साराको रोमान्स



Spread the love

फिल्म ‘पिंजडा व्याक अगेन’को दोस्रो रोमान्टिक गीत रिलिज भएको छ ।माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘तिमी नि आधा, म पनि आधा’ बोलको गीत सार्वजनिक गरिएको छ ।सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत र स्वरमा रहेको गीतमा शब्द मुक्त उदासले लेखेका हुन् । स्वरमा अर्जुनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् ।गीतको भिडियो निखिल उप्रेतीसँग सारा श्रिपालीले स्क्रिन सेयर गरेकी छन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् ।भिडियोमा निखिल र साराको केमेष्ट्री भने सुहाएको छ । निखिल र साराले यसअघि ‘रुद्र’ फिल्ममा एकसाथ काम गरेका थिए । हिमाल केसी निर्देशित यो फिल्ममा पारिवारिक कथा उठान गरिएको छ । तर, निखिल फिल्ममा भएकाले द्धन्द्धात्मक पाटोलाई बढी फोकस गरिएको हिमालले बताए ।यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई अन्जु पन्तले गायकीमा साथ दिएकी छिन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/ojBftwlAxq8

प्रतिक्रिया दिनुहोस्