Logo

बन्दाबन्दीको पालना गर्दै विकास निर्माण : मुख्यमन्त्री गुरुङ



Spread the love

२६ बैशाख, पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बन्दाबन्दीको पूर्णरुपमा पालन गर्दै विकास निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

पोखरा महानगरपालिका–२२ चिसापानीस्थित फुस्रेखोलामा निर्माणधीन पक्की पुलको बिहीबार स्थलगत निरीक्षणका क्रममा उनले कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रण प्रभावित भएको वर्तमान अवस्थामा निर्माण र उत्पादनलाई अघि बढाउनुको विकल्प नभएको बताए ।

विकास निर्माणलाई रोक्दा त्यसले समग्र अर्थतन्त्रका साथै निर्माण क्षेत्रमा लाग्ने मजदुर वर्ग प्रभावित हुने हुँदा निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री गुरुङले बन्दाबन्दीका क्रममा पनि पुल निर्माणले निरन्तरता पाउनु सकारात्मक भएको उल्लेख गरे ।

बन्दाबन्दी भनेर विकास निर्माण रोक्न नहुने बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेशअन्तर्गतका सबै विकास निर्माणका योजना सामाजिक दूरी लगायतका आधारभूत विषयलाई कार्यान्वयन गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । गुणस्तरीय विकास निर्माणमा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिँदै उनले निर्माण काम प्रभावित हुने गरी सामग्रीको उपलब्धता, ढुवानीलगायतमा समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य राजिव पहारीले कास्की निर्वाचन क्षेत्र नं. ३ (ख) अन्तर्गत फुस्रेखोलाको पुललगायत पर्यटकीय गाउँ धान्द्रुक जाने बाटो र पोखरा–२३ खहरेखोलाको पक्किपुलको निर्माण कार्यले निरन्तरता पाएको जानकारी दिए ।

बन्दाबन्दीका अवधिमा विकास निर्माण कार्यले तीव्रता पाएको उल्लेख गर्दै उनले निर्माणमा देखिएका समस्या समाधानका लागि आफ्नो तर्फबाट पोखराको फुस्रे खोलामा निर्माणाधीन पुलको काम लकडाउनमा पनि जारी रहेको छ ।

प्रदेश सरकारको रु तीन करोड ९८ लाखको लागतमा निर्माण गरिन लागेको ३५ मिटर लम्बाई ८.४ मिटर चौडाईको सो पुलको दुवैतर्फ पैदल मार्ग रहने पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेशका इञ्जिनीयर सुमन गिरीले जानकारी दिए । उनका अनुसार प्रि स्ट्रेष्ट प्रविधिबाट निर्माण गरिन लागिएको सो पुलको आज ढलान गरिएको छ भने हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्