Logo

फेसबुक र गुगलले वर्क फ्रम होम २०२० को अन्त्यसम्म जारी राख्ने



Spread the love

एजेन्सी । प्रविधिमा विश्वभर नाम चलेका कम्पनी फेसबुक र गुगलले वर्क फ्रम होमको सिलसिला सन् २०२० को अन्त्यसम्म जारी राख्ने बताएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले सन् २०२० को अन्त्यसम्म आफ्ना कर्मचारीहरुलाई घरैबाट काम गर्नको लागि अनुमति दिने घोषणा गरेका छन् । तर, कम्पनीले जुलाइ ६ देखि अधिकांश कार्यालयहरु खुला गर्ने जनाएको छ । फेसबुकले कुन कर्मचारीलाई अफिसमा बोलाउने भनी अझै निधो गरेको छैन ।

जुन १ सम्म घरैमा बसेर काम गर्ने नीति अपनाएको गुगलले नीति लम्बाइ सात महिना थप्दैछ । गुगलका सीईओ सुन्दर पिचाइले अफिस फर्किन आवश्यक कर्मचारीहरुलाई उच्च सतर्कता अपनाउँदै जुलाइदेखि काम गर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्