Logo

यसरी बन्नेछ दुई खर्बमा उपत्यकामा मेट्रो रेल



Spread the love

लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ ।

रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ । दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

निर्णय चाँडै कार्यान्वयनमा ल्याइने
बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए । ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो ।

दुई खर्ब खर्च लाग्ने
बोर्डका अनुसार रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डसम्मको लम्बाइ ४५ किमि छ । सो खण्ड निर्माण गर्न झन्डै एक खर्ब २९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । त्यस्तै, रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसनसम्मको लम्बाइ करिब २५ किमि छ । यस खण्डको निर्माण लागत ७५ अर्बभन्दा बढी लाग्ने अनुमान छ । ‘तथ्यांकअनुसार लिक निर्माणको लागत रकम प्रतिकिमि तीन अर्ब रुपैयाँ छ,’ लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले भने ।

 

प्रतिक्रिया दिनुहोस्