Logo

प्रवासमा कोरोना : साउदीमा नेपालीको मृत्यु



Spread the love

२८ बैशाख, काठमाडाैँ – कोरोना भाइरसका कारण साउदी अरेबियामा एक जना नेपालीको मृत्यु भएको छ । साउदीको जेद्दामा आइतबार नेपालीको मृत्यु भएको जेद्दामा रहको महावाणिज्य दूतावासले जानकारी दिएको छ ।

जेद्दामा रहको महावाणिज्य दूतावासले जनाए अनुसार साउदीको जेद्दा क्षेत्रमा ४५ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ भने १० जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

साउदीमा अहिलेसम्म ३९ हजार ४८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने २४६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्