Logo

दिवेश अमेरिकन आइडलको टप ७ मा पुग्न सफल



Spread the love

२९ वैशाख, काठमाडौं । अमेरिकन आइडलको टप ७ मा नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) पुग्न सफल भएका छन् । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् ।

उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । उनले आजको एपिसोडमा सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाएका थिए। फाइनल अर्को साता १७ मे मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्