Logo

दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा



Spread the love


एजेन्सी । दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन् । आइतबार राति उनी अनलाइन भोटिङका आधारमा उत्कृष्ट सातमा परेका हुन् ।

आइतबार अमेरिकन आइडलमा होस्ट रायन सिक्रेटले आर्थर गन टप सेभेनमा परेको घोषणा गरेका थिए ।

२१ वर्षीय दिवेश पोखरेल नेपाली मूलका अमेरिकी नागरिक हुन् । दिवेश पोखरेलले अमेरिकन आइडलको अडिसनमा सर्वप्रथम ह्याभ यु एभर सीन द रेन नामक गीत गाएर चर्चा बटुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्