Logo

अमिताभ बच्चनको जन्जिर ४७ वर्ष पुरा, एंग्रीम्यानले गरे फोटो सेयर



Spread the love


एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनले नायकबाट महानायक बन्ने पहिलो पाइलाको रुपमा प्रकाश मेहराद्धारा निर्देशित भएको चलचित्र जन्जिरलाई मान्ने गरिन्छ । जन्जिरभन्दा पहिलाका चलचित्र हिट अथवा फ्लप भएपनि उनी मूख्य भूमिकामा देखिएका थिएनन् । जन्जिर अमिताभको करिअरको पहिलो ब्लकबस्टर चलचित्र मानिन्छ ।

जन्जिरले नै अमिताभलाई योंग एंग्रीम्यानको पहिचान दिलाएको थियो । प्रस्तुत चलचित्रपछि उनी झन् बढी सफलतातिर लागे । अमिताभ बच्चनले जन्जिरको ४७ वर्ष पुरा भएको खुशीमा जन्जिरको पोस्टर सेयर गरेका छन् ।

अमिताभ बच्चनले इन्स्टामा सेयर गरेकाे जन्जिरकाे पाेस्टर

इन्स्टाग्राममा पोस्ट गरेको फोटोमा अमिताभ र शेरखानको भूमिकाममा देखिएका प्राण साहब देखिएका छन् । प्रस्तुत चलचित्रबाट प्राणले हर चलचित्रमा खलनायक बन्दै आएको परम्परा तोडेका थिए । चलचित्रमा अमिताभ र प्राणको टक्कर भारतीय सिनेमा जगतको उत्कृष्ट सिनहरुमध्ये गनिने गरिन्छ ।

सन् १९७३ मा रिलिज भएको चलचित्र जन्जिरमा अमिताभ र प्राणबाहेक जया बच्चन, ओम प्रकाश, इफ्तेकार, सत्येन्द्र कपुर, बिन्दु लगायतका कलाकारहरुको अभिनय थियो । चलचित्रमा अजितले खलनायकको भूमिका निभाएका थिए । चलचित्र जन्जिरले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्