Logo

कोरोना भाइरस: के घरबाट बाहिर रहनु सुरक्षित छ ?



Spread the love


एजेन्सी । प्रस्तुत विषयमा अझैसम्म पूर्णरूपमा अनुसन्धान भएको छैन तर धेरै यस्ता खालका बिन्दुहरु छन् जसबाट लाग्छ की घरबाट बाहिर नै धेरै सुरक्षित भइन्छ ।

जापानमा भएको एक अध्ययनमा बताइको छ की घरमा बस्ने, बाहिर घुम्नेको तुलनामा १८ गुणा बढी खतरनाक हुन्छ । चीनको एक अनुसन्धानमा संक्रमणका तीन सय केस अध्ययन गर्दा एकजना मात्र बाहिरको भेटिएको थियो । यसको मतलब यो होइन की खतरा छंदै छैन ।

चीनको अर्को एक अनुसन्धानमा करिब २००० मानिसहरुमा अध्ययन गरिएको थियो । ती सबै मानिसहरु संक्रमित मानिसको सम्पर्कमा आएका थिए । यस अनुसन्धानबाट चेतावनी दिइएको थियो कि बिना मास्क सम्पर्कमा आउनु खतरनाक साबित हुन सक्छ ।

बेलायतको सरकारले पनि मानिसहरुलाई एकले अर्कोसँग सिधा सम्पर्कमा नआउन र दुई मिटरको दुरी कायम गर्न लगाएको छ ।

के दुई मिटरको दुरी पर्याप्त छ त ?

अमेरिकाको एक प्रयोगशालमा गरिएको अध्ययन अनुसार खोक्दाखेरि ड्रपलेट्स ६ मिटर टाढा र हाछ्युँ गर्दा आठ मिटर टाढासम्म जान सक्दछ ।

घरमा बस्ने अथवा बाहिर बस्ने विषय अहिले त यो जाँच र वहषको विषय बनेको छ । तर, भीडभाडबाट बच्ने, मास्क लगाउने, साबुनपानीले हात धुने उपाय सबैभन्दा उत्तम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्