Logo

भिटामिन’डी’को कमी हुँदा स्वास्थ्यमा देखिन्छ यस्ता समस्याहरु



Spread the love

शरीरमा भिटामिन डीको कमी हुँदा अनेकथरी रोग लाग्छ । यसको आपूर्ति हाईड्रक्सी कोलेस्ट्रोल र सूर्यको परावैजनी किरणहरूबाट हुन्छ । अनि केही खाद्यपदार्थमा पनि भिटामिन डी भरपूर मात्रामा पाइन्छ । भिटामिन डीले भरपूर आहार लिँदा यो कमीलाई पूरा गर्न सकिन्छ । त्यस्तो आहारमा दूध, मक्खन, माछा, सुन्तला, अण्डा, च्याउ, कड लिभर तेल, गाजर लगायत पर्दछन् । धेरैजसो त मानिसले शरीरमा भिटामिन डीको कमी भएको छ भन्ने नै थाहा पाउँदैनन् । सही समयमा यसका लक्षणहरू चिनेर यसको मात्राको कमीलाई पूरा गर्न सकिन्छ ।
चोट छिट्टो ठीक नहुने
दुर्घटनामा कुनै चोट लागेको छ भने वा हड्डी भाँचिएको छ भने भिटामिन डीको कमीका कारण ठीक हुन लामो समय लाग्छ ।
उच्च रक्तचाप
रक्तचाप र ब्लड सुगरको स्तर उच्च बनिरहनु पनि भिटामिन डीको कमीको एक कारण हुनसक्छ । उच्च रक्तचाप हुँदा मुटुका रोग र मधुमेह पनि हुनसक्छ ।
थकान लागिरहने
शरीरमा भिटामिन डीको कमी हुँदा थाकिने काम नगर्दा पनि शरीर थाकेको जस्तो हुन्छ । यसले गर्दा तनाव पनि बढ्छ ।
जोर्नीमा पीडा
जोर्नीमा पीडा, हाड दुख्ने र पिठ्युँ दुख्ने जस्ता समस्या देखिएमा अनि कुनै कारणविना नै कपाल झर्न थालेमा भिटामिन डीको कमी भनी बुझ्नुपर्छ ।
शरीरको तापक्रम बढ्ने
भिटामिन डीको कमी हुँदा शरीरको तापमान ९८।६ डिग्रीनजिक पुग्नुका साथै निमोनिया, चिसो लाग्ने र ब्रोंकाइटिसका समस्या पनि छिट्टै निको हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस्