Logo

नेपाली भूमिमाथि भएको अतिक्रमणविरुद्ध काठमान्डौको थलिमा नेविसंघको प्रदर्शन



Spread the love

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली भूमि अतिक्रमणको विरोधमा काठमान्डौको थलिमा विरोध प्रदर्शन गरेको छ ।

भारतले सीमावर्ती लिपुलेक क्षेत्रमा नेपाली भूमि हुँदै चीन जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको सार्वजनिक भएपछि दुई देशबीच विद्यमान सीमा विवाद पुन: तातेको छ।

भारतले गत वर्ष कालापानी, लिपुलेक र लिम्पियाधुरासहितलाई आफ्नो सीमाभित्र राखेर आफ्नो नयाँ राजनीतिक नक्सा प्रकाशित गरेको थियो। त्यसप्रति नेपालले आपत्ति प्रकट गर्दै नेपालले भारतलाई कूटनीतिक सन्देश पठाएको थियो।

तर पटकपटक भएका संवाद र प्रधानमन्त्रीस्तरमै उक्त विषय आपसी समझदारीका आधारमा टुङ्ग्याउने भनिए पनि भारतले ‘एकपक्षीय रूपमा चालेको’ पछिल्लो कदमले नेपाललाई त्यसतर्फ डोर्‍याएको जानकारहरूको तर्क छ।

यसैबिच आज काठमान्डौको थलिमा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा उनीहरुले भारतिय बिस्तारबाद मुर्दाबादको नारासमेत लगाएका छन । उनिहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेकोले उनीहरुले नेपाली भूमि छोडेर पछि हट्नु पर्ने माग गरेका छन ।

सरकारको उदासिनताकै कारण भारतले हस्तक्षेप बढाएको भन्दै सरकार विरोधी नारा समेत लगाएका थिए। प्रदर्शनमा उत्रिएका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्