Logo

रक्सी खाएका वडाअध्यक्षको नालीमा खसेर करङ्ग नै भाँच्चियो



Spread the love

धनगढी । सोमबार राति कैलालीको टीकापुर नगरपालिका १ न वडाका वडाध्यक्ष गङ्गाराम आचार्य दुर्घटनामा परेर घाइते भएका छन् । सरकारले लगाएको लकडाउनको उलङ्घन गरी रक्सी खाएर फर्कनेक्रममा नालीमा खसेर आचार्यको बाँया करङ्ग भाँच्चिएको छ ।

श्रोतका अनुसार वडाध्यक्ष आचार्यको टोलीले पाँच लिटरको एक जर्किन मौवाको रक्सीसहित एक बोत्तल रक्सी पनि सिध्याएका थिए ।

वडाध्यक्ष घर आउने क्रममा नालीमा खसेपछि सामुदायिक वनसँग संलग्न राजीपुरकै एक स्थानीयले उनलाई उद्धार गरेको बताइएको छ । वडाध्यक्षको अहिले कैलालीकै लम्किस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्